सप्तरीमा प्रहरीले पक्राउ गर्यो साढे १६ लाखको अवैध मदिरा र सवारीसाधन
राजविराज — सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर गाउँमा ठूलो मात्रामा अवैध मदिरा तथा मदिरा ओसारपसारमा प्रयोग भएका सवारीसाधन प्रहरीले बरामद गरेको छ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले १२ साउन ०८२ को राति ११ बजे उक्त स्थानमा छापा मारेर मदिराजन्य सामग्रीसहित मोटरसाइकल र साइकल नियन्त्रणमा लिएको हो। अवैध मदिरा भारततर्फ बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहारी टोलीले छापा मारेको थियो।
डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार मामाश्री÷दिलवाले ६४१ कार्टुन खुल्ला ४१० पिस, कर्णाली गोल्ड ५ काटुन खुल्ला २४० पिस, कस्तुरी रक्सी ४३ काटुन २५ पिस खुल्ला, किङ फिसर वियर ४७ काटुन, ब्रिक्स रक्सी ४ काटुन, गोर्खा वियर २० काटुन, अर्ना वियर ३ काटुन लगायतका मदिरा बरामद गरिएको छ।
साथै मदिरा ओसारपसारमा प्रयोग भएका ४ वटा मोटरसाइकल र ३४ वटा साइकलबारे पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद सामग्रीको अनुमानित मूल्य १६ लाख ४५ हजार ९१५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
