सर्लाहीमा चिप्लिएर घाँसको भारीसहित खोलामा डुबेकी किशोरीको मृत्यु

जनकपुर– सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरकी १६ वर्षीया रंगिला कुमारी बैठाको शनिबार स्थानीय मनुस्मारा खोलामा डुबेर मृत्यु भएको छ।

घाँस काटेर भारी बोकी घर फर्कंदद गर्दा पुरानो मनुस्मारा खोला तर्ने क्रममा खुट्टा चिप्लिएर रंगिला खोलामा डुबेकी थिईन। घटनास्थलमा टाउको जलकुंभीमा फसेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि अर्नाहा र इलाका प्रहरी कार्यालय गडहरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। किशोरीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट