झापामा खाटबाट लडेर पुरुषको मृत्यु

दमक– झापाको शिवसताक्षी नगरपालिका–९ किरातचोकका ५० वर्षीय अनिल लिम्बूको खाटबाट लडेर मृत्यु भएको छ।

गएराति करिब साढे ९ बजे आफ्नै घरमा सुतिरहेका लिम्बू अचानक खाटबाट लडेपछि बेहोस भएका थिए। परिवारजनले तत्कालै उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगेका थिए। तर, चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

लिम्बूलाई विगत ३–४ दिनदेखि ज्वरो आएको र पहिलेदेखि नै मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) का कारण नियमित औषधि सेवन गर्दै आएको परिवारले जनाएको छ।

मृत्यु शंकास्पद नभएको प्रहरीले स्पष्ट पारेको छ। स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा शव परिवारलाई अन्त्येष्टिका लागि बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट