जेनजी आन्दोलनको पछाडि विदेशी फन्डिङको आशंका र ‘हामी नेपाल’ एनजिओको भूमिका

काठमाडौँ– भदौ २३ र २४ गते देशभर चर्किएको जेनजी आन्दोलनका पछाडि विदेशी फन्डिङ र एनजिओको चलखेल रहेको आशंका अझ बढ्दै गएको छ। आन्दोलनका अगुवा मानिएका सुदन गुरुङ चीनविरुद्ध तिब्बती शरणार्थीहरुले चलाएको ‘स्टुडेण्ट फर अ फ्रि तिब्बत’ नामक अन्तर्राष्ट्रिय एनजिओ र व्यवसायी दीपक भट्टको इन्फिनिटी होल्डिङले लगायत पश्चिमी मुलुकहरूसँग पनि निकट व्यक्ति भएको खुलासा भएको छ।
गुरुङले स्थापना गरेको ‘हामी नेपाल’ नामक एनजिओले पश्चिमी राष्ट्रहरूबाट पनि ठूलो मात्रामा डोनेसन ल्याउने र क्रिश्चियन धर्मको प्रचार–प्रसार गर्ने काम गर्दै आएको आन्तरिक स्रोतहरूले जनाएका छन्। यही एनजिओमार्फत ठूलो रकम नेपाल भित्र्याएर जेनजी आन्दोलन सञ्चालन गरिएको दाबी गरिएको छ।
सन २०१५ मा दर्ता भएको ‘हामी नेपाल’ एनजिओको कार्यालय धरान, काठमाडौं, नेपालगञ्ज र पोखरामा रहेको पाइएको छ। एनजिओको वेबसाइटमा नेपालका धेरै युवाहरूको नाम र तस्बिर ‘भोलेन्टियर’ भनेर राखिएको छ। त्यसमध्ये प्रख्यात आँखा विशेषज्ञ डा. सन्दुक रुईतको नामसमेत उल्लेख छ। गुरुङले आफ्ना कतिपय अन्तर्वातामा डा. रुईत र उनको संस्था बारबरा फाउण्डेशनलाई अभिभावक भनेका छन्। डा. रुईतलाई सोधेर मात्र आफुहरुले काम गर्ने गरेको उनले बताउने गरेका छन्।
स्रोतका दाबीअनुसार ‘हामी नेपाल’ एनजिओ र बारबरा फाउण्डेसनबीच गहिरो सम्बन्ध रहेको छ, जसको अध्यक्ष डा. रुईत नै हुन्। रुईतको विश्वव्यापी एनजिओ–आईएनजिओ नेटवर्क, विशेष गरी द फ्रेड हल्लोज फाउन्डेसन (अष्ट्रेलिया) र हिमालयन क्याटाराक्ट प्रोजेक्ट (अमेरिका) बाट ठूलो फन्डिङ आउने गरेको शंका गरिएको छ।
फाउण्डेशनमा डा. रुईतसहित डा चन्द्र प्रसाद पोखरेल भ्वाईस चेयरमेन, मोहना अन्सारी जेनेरल सेक्रेटरी, सीए सुदर्शन राज पाण्डे, सन्जय वहादुर थापा, प्रोफेसर डा. गोविन्दराज पोखरेल, डा. स्वर्णीम वाग्ने, प्रोफेसर गोविन्द नेपाल, अखिलेश उपाध्याय, रागिनी उपाध्याय र सुहृद घिमिरे सदस्य छन्।
यस्तै, पानामा पेपर्समा नाम आएका विवादित व्यवसायी सुहृद राज घिमिरे र उनकी छोरी अदिती घिमिरेमार्फत रुईतको फाउन्डेसनलाई ठूलो आर्थिक सहयोग आएको अनुमान छ।
स्रोतका अनुसार, जेनजी आन्दोलनमा सहभागी मिराज ढुंगाना लगायतका धेरै इमानदार विद्यार्थी भ्रष्टाचार अन्त्यका लागि सडकमा उत्रिएका थिए। अहिले उनीहरुको चर्चा समेत हुन छोडेको छ। ढुङ्गानाले कतिपय भीडीओहरुमा आन्दोलन सुरु भएपछि सुरक्षाका कारण ठाउँ छोडेर भाग्नु परेको र मोवाईल स्विच अफ गर्नु परेको भन्दै बताएका छन्। तर गुरुङ परिचालित अर्को समूह भने विदेशी फन्डिङबाट आर्थिक लाभ उठाउँदै गणतन्त्र विरुद्धको एजेन्डा बोकेर आन्दोलनमा सक्रिय भएको देखिएको छ।
जेनजी आन्दोलन विध्वंसात्मक हुँदै जाँदा उनै सन्दुक रुईतले युवाहरुलाई संहालिन आग्रह गर्दै बक्तब्य जारी गरेका थिए। जेन जीको आन्दोलनका कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी नगर्न आग्रह गरेका थिए।
‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरु, तपाईंहरुले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।’
यता आन्दोलन पश्चात जेनजी कार्यकर्ताबीच नै प्रधानमन्त्री छान्ने प्रक्रियामा कुटाकुट हुनु, एक पक्षले राजसंस्था फर्काउने कुरा गर्नु र अर्को पक्षले संविधान रक्षा गर्ने अडान लिनुले आन्दोलनभित्रको गहिरो विभाजनलाई झल्काएको विश्लेषण गरिएको छ।
विदेशी सहयोग र एनजिओमार्फत अकुत फन्डिङ प्रयोग गरेर नेपालमा जेनजी आन्दोलनलाई भड्काइएको तथ्यहरूले राजनीतिक वृत्तमा चासो र शंका बढाएको छ। जेनजी युवाहरु नै यो सूचनाका कारण आश्चर्यमा छन्।