सप्तरीमा खेतमा पल्टिएको पिकअपमा ८ क्विन्टल गाँजा बरामद, चालक पक्राउ

राजविराज— सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टिस्थित खेतमा पल्टिएको पिकअपबाट प्रहरीले ८ क्विण्टलभन्दा वढि गाँजा बरामद गरेको छ। गाँजा बोकेर नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ९६६५ को पिकअप आफैं अनियन्त्रित भई खेतमा पल्टिएको थियो।

प्रहरीले पिकअप जाँच गर्दा प्लाष्टिकमा प्याक गरिएको ३२ पोका (८ क्विन्टल ५१ किलो २ सय ग्राम) गाँजा फेला परेको थियो।

प्रहरीले पिकअपका चालक राजविराज नगरपालिका–११ का २९ वर्षीय राम कुमार यादवलाई पक्राउ गरेको छ। पिकअपसहित चालकको छानबिन र थप कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट