भतिजासँगको अवैध सम्बन्धमा बाधक बनेपछि करेन्ट लगाएर पतिको हत्या, आत्महत्याको नाटक गर्दै प्रेमीसँग घरमै रोमान्स !
राजविराज— भारतको उत्तर प्रदेशस्थित मुरादाबादमा भतिजासँगको अवैध सम्बन्ध लुकाउन एक महिलाले आफ्नै श्रीमानको योजनाबद्ध हत्या गरेको आरोप सार्वजनिक भएको छ। श्रीमानलाई करेन्ट लगाएर र विष खुवाएर हत्या गरिएको यो घटनाले अहिले भारतीय समाजलाई स्तब्ध बनाएको छ।
यो घट्नाको अझै दर्दनाक पक्ष त के हो भने, श्रीमान जीवन–मृत्युको संघर्षमा छटपटाइरहेका बेला आरोपित पत्नी भने आफ्ना र प्रेमीसँग घरमै रोमान्स गरिरहेको आरोप प्रहरीमार्फत सार्वजनिक भएको छ।
घट्ना मुरादाबादको मझोला थाना क्षेत्र अन्तर्गत कुन्दनपुरमा भएको हो। जहाँ ३० वर्षीय पवन कुमारको उनकै श्रीमती आँचलले गरिकी हुन। प्रेमी अंकित, बहिनी शिखा र शिखाका प्रेमी अजय दिवाकर मिलेर घट्ना गराईएको प्रहरीले जनाएको छ। चारै जना विरुद्ध हत्या मुद्दा दर्ता गरिएको छ।
पोस्टमार्टम रिपोर्टमा हत्या पुष्टि भएपछि प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीका अनुसार पवन एक एक्सपोर्ट फर्ममा कार्यरत थिए। उनी केही वर्षदेखि मझोलाको कुन्दनपुर क्षेत्रमा घर बनाएर बस्दै आएका थिए। परिवारका अनुसार पवनको विवाह सन् २०२० मा सम्भल जिल्लाको बटौवा गाउँकी आँचलसँग भएको थियो। उनीहरूकी तीन वर्षीया छोरी दिव्यांशी छिन्।
घटनाको अनुसन्धान क्रममा सार्वजनिक विवरणअनुसार आँचलको आफ्नै जेठाजुको छोरा अंकितसँग अवैध सम्बन्ध रहेको खुलेको छ। पवनलाई यसबारे जानकारी भएपछि उनले पत्नीलाई सम्बन्ध अन्त्य गर्न बारम्बार दबाब दिएका थिए। तर, त्यही सम्बन्ध जोगाउन अन्ततः हत्या नै गरिएको आरोप लागेको छ।
पवनका दाजु देवेन्द्र कुमारले प्रहरीमा दिएको उजुरीअनुसार आँचल केही दिनअघि माइत गएकी थिइन्। त्यही क्रममा उनले प्रेमी अंकित, बहिनी शिखा र अजयसँग मिलेर पवनको हत्या गर्ने योजना बनाएको आरोप छ। त्यसपछि उनी बहिनीसहित तीनै जनालाई लिएर पुनः मुरादाबाद फर्किएकी थिइन्।
घटनाको दिन पवन आफ्नी दिदीको घरमा थिए। आँचलले फोन गरेर ‘घर आइपुगें, तपाईं पनि आउनुस्’ भन्दै बोलाएकी थिइन्। त्यसपछि घर फर्किएका पवनलाई शुक्रबार साँझ करेन्ट लगाएर यातना दिइएको र विष खुवाइएको प्रहरी अनुसन्धानमा उल्लेख छ।
हत्या पछि घटनालाई आत्महत्या देखाउने प्रयास गरिएको थियो। परिवारलाई फोन गरेर ‘विष खाएर आत्महत्या गरे’ भन्ने सूचना दिइएको थियो। तर, आँचल र शिखाको बयानमा विरोधाभास देखिएपछि परिवारले शंका व्यक्त गरेको थियो। त्यसपछि शव पोस्टमार्टमका लागि पठाइएको थियो, जहाँ हत्या पुष्टि भएको हो।
स्थानीय स्रोतका अनुसार हत्या भएपछि पनि आरोपितहरू घरमै बसेर रमाइलो गरिरहेका थिए। एकातिर पवनको शरीर छटपटाइरहेको थियो भने अर्कोतर्फ आरोपितहरू प्रेम सम्बन्धको उन्मादमा व्यस्त रहेको आरोपले घटनालाई अझ क्रूर बनाएको छ।
प्रहरी अनुसन्धानले अर्को गम्भीर तथ्य पनि बाहिर ल्याएको छ। विवाहपछि आँचल बेला–बेलामा माईती गाउँ जाने क्रममा पवनका भतिजा अंकितसँग नजिकिएकी थिइन्। करिब दुई वर्षअघि सुरु भएको भनिएको सम्बन्ध पछिल्लो समय खुला रूपमा अघि बढ्न थालेपछि घरभित्र विवाद बढेको थियो।
पवनले विरोध गरेपछि उनलाई ‘हटाउने’ योजना बनेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनापछि सबैभन्दा दर्दनाक अवस्थामा भने पवनकी तीन वर्षीया छोरी पुगेकी छिन्। अवैध सम्बन्धको नाममा भएको यो हत्याले एक सानो बालिकाको टाउकोबाट बुबाको छायाँ सदाका लागि खोसिएको छ। आफ्नै परिवारभित्र विश्वास, सम्बन्ध र नैतिकताको चरम पतनले जन्माएको यो अपराध अहिले भारतमा व्यापक चर्चाको विषय बनेको छ।
प्रहरीले आरोपितहरूविरुद्ध थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक बयानमा पत्नी आँचलले संलग्नता स्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

