‘लिप किस’ फोटोबारे दिपिकाको यू–टर्नः पहिले फेसबुकमा पोस्ट, अहिले ‘एआई फेक’ भन्दै पुगिन साइबर ब्युरो

राजविराज— सांसद अमरकान्त चौधरीसँग ‘लिप किस’ गरेको देखिने फोटो आफ्नै फेसबुक प्रोफाइलमा राखेपछि विवादमा तानिएकी सप्तरीकी दिपिका सिंहले अहिले सोही फोटोलाई ‘फेक’ र ‘एआईबाट सिर्जित’ भन्दै सार्वजनिक रूपमा खण्डन गरेकी छिन्।

सामाजिक सञ्जालमा फोटो भाईरल भएपछि सोमबार फेसबुकमा भिडियो सार्वजनिक गर्दै सिंहले फोटोमा कुनै सत्यता नभएको दाबी गरेकी हुन्। सिंहले भिडियोमार्फत आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सप्तरी क्षेत्र नम्बर ३ का सांसद चौधरीलाई जोडेर गलत ढंगले तस्बिर तयार गरी भ्रम फैलाइएको बताएकी छिन्। उनले उक्त तस्बिर थप शेयर नगर्न र भाइरल नबनाउन समेत आग्रह गरेकी छिन्।

‘त्यो फोटो फेक हो। मेरो फोटोमा अमरकान्त चौधरीसँग गलत तरिकाले जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइँदैछ, त्यसमा कुनै सत्यता छैन,’ सिंहले भिडियोमा भनेकी छिन्। सिंहका अनुसार उक्त सामग्रीविरुद्ध उजुरी गर्न उनी साइबर ब्युरोसमेत पुगेकी छिन्। आफूलाई थप बदनाम गर्ने गरी तस्बिर र भिडियो फैलाइए त्यसले मानसिक रूपमा गम्भीर असर पार्न सक्ने उनको भनाइ छ।

उनले भावनात्मक अपिल गर्दै भनेकी छिन्, ‘सम्पूर्णमा अनुरोध छ, यो फोटो यति भाइरल नबनाइदिनु कि तनावको कारणले यो दुनियाँ छोड्न बाध्य नबनाउनुहोस्।’ तर विवादको अर्को पाटो भने तस्बिरको उत्पत्तिसँग जोडिएको छ। सोमबार प्रकाशित जनआस्था साप्ताहिकले सिंह र सांसद चौधरीलाई चुम्बन गरिरहेको देखिने तस्बिर सार्वजनिक गर्दै उक्त तस्बिर सिंहकै फेसबुक वालमा पोस्ट गरिएको दाबी गरेको थियो।

समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तस्बिर तीव्र रूपमा फैलिएको थियो। अहिले भने सिंहको फेसबुक अकाउन्टमा उक्त तस्बिर देखिँदैन। यही कारण तस्बिर कसले, कहिले र कुन उद्देश्यले पहिलोपटक सार्वजनिक ग¥यो भन्ने प्रश्न थप पेचिलो बनेको छ।

सिंहले भने तस्बिर आफ्नो नभएको दाबी गर्दै त्यसलाई आफ्नो वास्तविक तस्बिरमा सांसद चौधरीको तस्बिर गलत ढंगले जोडेर तयार पारिएको बताएकी छिन्। अर्थात्, विवादको केन्द्रमा अहिले दुई विपरीत दाबी छन—एकातर्फ तस्बिर सिंहकै फेसबुक वालबाट सार्वजनिक भएको दाबी, अर्कोतर्फ सिंह स्वयंले त्यसलाई ‘फेक’ भन्दै अस्वीकार गर्नु।

तस्बिरको प्राविधिक परीक्षणमा भने फोटो एआईबाट बनाइएको हुनसक्ने सम्भावना न्यून देखिएको छ। यद्यपि, उपलब्ध सामग्रीबाट तस्बिर वास्तविक हो वा डिजिटल रूपमा हेरफेर गरिएको हो भन्ने अन्तिम निष्कर्ष निकाल्नुअघि थप प्राविधिक परीक्षण आवश्यक देखिन्छ।

घटनाले सामाजिक सञ्जालमा सार्वजनिक हुने संवेदनशील तस्बिरको स्रोत, डिजिटल प्रमाणको विश्वसनीयता र एआईका नाममा वास्तविक सामग्रीसमेत अस्वीकार गर्न सकिने सम्भावनाबारे प्रश्न उठाएको छ। विशेषगरी सार्वजनिक व्यक्तिसँग जोडिएका निजी प्रकृतिका सामग्री भाइरल हुँदा त्यसले दुवैको जीवनमा गम्भीर असर पर्न सक्ने देखिन्छ।

सिंहले आफूविरुद्ध गलत सामग्री फैलाइएको भन्दै कानुनी बाटो रोजेको बताएकी छिन्। अब उक्त तस्बिरको वास्तविक स्रोत, पहिलोपटक कहाँबाट सार्वजनिक भयो, त्यसमा डिजिटल हेरफेर भएको हो वा होइन र कसले त्यसलाई प्रसार गर्‍यो भन्ने विषय साइबर अनुसन्धानको दायरामा जाने देखिएको छ। यस घटनामा सांसद चौधरीको धारणा भने सार्वजनिक भएको छैन।

@sheershakhabarnews.com

‘लिप किस’ फोटो भाइरल भएपछि दिपिकाको भावुक अपिल– ‘यति भाइरल नबनाइदिनुहोस् कि दुनियाँ छोड्न बाध्य हुनु परोस’ अमरकान्तचौधरी दिपिकासिंह सप्तरी रास्वपा RSP लिपकिस भाइरलफोटो फेकफोटो एआईफोटो AIPhoto साइबरब्युरो सामाजिकसञ्जाल Facebook DigitalForensics सांसदविवाद फोटोविवाद सप्तरीक्षेत्रनम्बर३ शीर्षखबर साँचोखबरसिधाअसर

♬ original sound – Sheersha Khabar – Sheersha Khabar

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट