वाढीले २ वटा अटोरिक्सा बगायो, नातिनी–हजुरआमाको मृत्यु

काठमाण्डौं– दाङमा बाढीले गएराति दुईवटा अटोरिक्सा बगाउँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बर र तुलसीपुरबाट बिजौरी जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बाढीले बगाएको हो।

रा६ह ४०५५ नम्वरको अटोरिक्सा बगाउँदा स्थानीय खान्द्रे गाउँकी ४४ वर्षीया सीता आले र सुर्खेतको बुमे घर भई सोही ठाउँ बस्ने १७ वर्षीया मन्जु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापा बताए। सीता मञ्जुकी मावलकी हजुरआमा हुन्।

इन्स्पेक्टर थापाका अनुसार अटोसहित बाढीमा बेपत्ता भएकामध्ये सीता आलेको शव झन्डै २० किलोमिटर तल तुलसीपुर–१५ मलवारको हरिपौरी गनारीस्थित ग्वार खोलामा फेला परेको छ। सीताको शव आफन्तले सनाखत गरिसकेका छन्।

सीताको शव भेटिएको केही तल मञ्जुको पनि शव भेटिएको उनको भनाई छ। उनको शव सनातख हुन बाँकी छ। मन्जु अध्ययनका लागि केही वर्षअघि देखि खाद्रे गाउँमा काकी हस्तमाया रोकाको घरमा बस्दै आएकी थिईन। अहिले उनी तुलसीपुरको गोरख माविमा कक्षा ११ मा अध्ययनरत थिईन।

शनिबार विद्यालय छुट्टी भएकाले बिदा मनाउन शुक्रबार बेलुका नै मञ्जु हजुरआमासँग मामाघर जाँदै थिइन्। उनीहरू चढेको अटोरिक्सा तुलसीपुर–४ स्थित नवलपुर ठूलो खोलामा आएको बाढीले बगाएको हो। अटोमा उनीहरूसहित पाँच जना थिए। चालक खाद्रे गाउँका ४६ वर्षीय हरिकिशन विक, स्थानीय ३४ बर्षीया सुनिता थापा र उनका ७ वर्षीय छोरा सुशान्त आले भने बाढीबाट निस्किएका थिएका थिए। खोलाले बगाएको अटो भने अहिलेसम्म फेला परेको छैन।

यता, रा१स २३५७ नम्बरको अटोसँगै बगेका तुलसीपुर–७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट