१७ वर्षीय बालकले चलाएको मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

काठमाण्डौं– मकवानपुरको हेटौँडामा १७ वर्षीय बालकले चलाएको मोटरसाईकलको ठक्करबाट शनिवार ५ वर्षीय बालकको मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–९ का रामचन्द्र अर्यालका छोरा ५ वर्षीय शिवांश अर्यालको मृत्यु भएको हो। हेटौँडा–९, धामस्थित भित्री सडकमा मयुरधापबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले दिउसो शिवांशलाई ठक्कर दिएको थियो।

बाटोछेउमा हिँडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएलगत्तै उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई बचाउन नसकेको मकवानपुर प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरले मोटरसाईकल चालक हेटौँडा–१४ का करिव १७ वर्षीय बालकलाई पक्राउ गरेको छ। प्रहरीले उनको नाम खुलाएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट