१३ वर्षीया छोरी बलात्कार गर्ने ३४ वर्षीय बुबालाई ४५ वर्ष जेल, ७ लाख जरिवाना

हेटौंडा — मकवानपुरमा १३ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ३४ वर्षीय एक ब्यक्तिलाई अदालतले ४५ वर्ष कैद गर्ने फैसला सुनाएको छ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठको बुधबारको इजलासले थाहा नगरपालिका—१ का ३४ वर्षीय वावुलाई ७ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ। अदालतले हाडानाता पर्नेलाई बलात्कार गरेको अभियोगमा २५ वर्ष र बालिकालाई बलात्कार गरेकोतर्फ २० वर्ष गरी ४५ वर्ष कैद गर्ने फैसला गरेको हो।

सूचना अधिकारी केशवराज कौशिकका अनुसार बलात्कृत बालिका ती ब्यक्तिकी जेठी पत्नितर्फकी छोरी हुन। घट्ना २८ भदौ ०८१ को हो। बालिका बलात्कृत भएकी थिईन। बालिकाले बाबुबाट बलात्कृत भएको फुपू नाता पर्नेलाई जानकारी गराएपछि उनीहरुले इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिएका थिए।

उजुरीका आधारमा बाबु पक्राउ पर्नुका साथै अदालतले पुर्पक्षका लागि उनलाई भिमफेदी जेलमा पठाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट