किर्ते गरी ठगी गरेको आरोपमा युवा स्वरोजगार कोषका उदयपुर प्रतिनिधि पक्राउ

गाईघाट– किर्ते गरी ठगी गरेको आरोपमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उदयपुर जिल्ला प्रतिनिधि अंगिस श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरीले उनलाई १८ असारमा उदयपुरका त्रियुगा नगरपालिका–१० बाट पक्राउ गरेको हो। ३५ वर्षीय श्रेष्ठ स्थानीयवासी हुन।

श्रेष्ठसहित महिला जनजागृती बचत तथा ऋण सहकारी संस्थाका केही पदाधिकारीहरूले संस्थाका पूर्व पदाधिकारीहरूको नाममा किर्ते माइन्यूटिङ तयार गरी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम हिनामिना गरेको आरोप छ।

श्रेष्ठलाई उदयपुर जिल्ला अदालतबाट किर्ते तथा ठगीसम्बन्धी कसुरमा म्याद थपको आदेश प्राप्त गरी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट