जेनजी आन्दोलनमा स्कुल ड्रेसमै उत्रिएकी किशोरी भाटभटेनी लुटपाटमा संलग्न, भिडियो भाइरल

काठमाडौँ– भ्रष्टाचारविरुद्धको जेन–जी आन्दोलनमा स्कुल ड्रेसमै सडकमा उत्रिएकी एक किशोरी लुटपाटमा संलग्न भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

आन्दोलनको दिन उनी ‘करप्सन’ लेखिएको सेतो सर्ट र राष्ट्रिय झण्डा बोकेर नाराबाजी गर्दै सडकमा देखिएकी थिइन्। तर त्यही भीडको आडमा भाटभटेनी सुपरमार्केटभित्र पसेर सामान चोरी गरिरहेको भिडियो सार्वजनिक भएपछि उनी चर्चाको केन्द्रमा छिन्।

भिडियोमा उनलाई गुडिया, मेकअप र अन्य सामग्री लिएर बाहिर निस्कँदै गरेको देख्न सकिन्छ। भ्रष्टाचारविरुद्धको नारा लगाउँदै सडकमा चिच्याउने किशोरी नै चोरीमा संलग्न भएको दृश्य देखिएपछि आन्दोलनको नैतिक आधारमाथि नै प्रश्न उठेको हो।

सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियो सेयर गर्दै नेताहरूले देश लुटे भन्दै सडकमा उत्रिएकी नयाँ पुस्ताकी प्रतिनिधि नै ‘लुट्ने अवसर’ कुरेर बसेको भन्दै आलोचना गरेका छन्। कतिपयले भने यो घटनाले आन्दोलनको मूल उद्देश्यलाई बदनाम गर्ने काम गरेको प्रतिक्रिया दिएका छन्।

सुरक्षास्रोतका अनुसार आन्दोलनकै भीडको फाइदा उठाएर उनले मात्र होइन, अरू धेरैले पनि पसल लुटपाट गरेका छन्। तर, स्कुल ड्रेसमै सडकमा उत्रिएकी विद्यार्थी चोरीमा संलग्न भएको घटना सार्वजनिक भएपछि आन्दोलनमा देखिएको ‘नयाँ पुस्ताको दोहोरो चरित्र’ व्यापक बहसको विषय बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट