दलाई लामा समर्थित अनलाइनमा टासी ल्हाजोमको समाचारः मन्त्री बन्न नदिन ‘फ्रि तिब्बत’ को भुत देखाईयो

काठमाडौँ— चीनका विद्रोही नेता दलाई लामाको अनलाइन पत्रिका टिबेटन रिभ्युले हुम्लाकी युवा टासी ल्हाजोमलाई नेपालको अन्तरिम सरकारको मन्त्री बनाउने विषयमा विवाद भएको विषयलाई समाचार बनाएको छ।

अन्तरिम सरकारले उनलाई मन्त्री बनाउने प्रस्ताव गरेको खबर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि ‘फ्री तिब्बत’ भुत देखाएर टासीलाई रोक्न खोजिएको उक्त समाचारमा उल्लेख गरिएको छ।

रिभ्युले, टासी ल्हाजोमको नाम, उच्चारण र सांस्कृतिक पहिचानका आधारमा चीन विरोधी संगठनसँग उनको सम्बन्ध रहेको आरोप लगाइएको उल्लेख गरेको छ। उनी मन्त्री बन्ने प्रस्तावसँगै केही समूहले उनलाई अमेरिकी संस्था वा अन्य विदेशी नागरिक समूहहरूसँग जोडेर पनि आरोप लगाएका थिए।

तर, ल्हाजोम र उनका समर्थकहरूले यी आरोपलाई राजनीतिक चरित्रहत्या ठहर गर्दै उनी कुनै विदेशी सहायता वा निर्देशनमा संलग्न नरहेको जनाएका छन्। उनका अनुसार यो केवल प्रचार र भ्रम फैलाउने प्रयास हो।

टिबेटन रिभ्युले प्रकाशित समाचार अनुसार, सेप्टेम्बर १३ मा दलाई लामासँग प्रधानमन्त्री सुशीला कार्कीको फोटोसमेत छापिएको थियो। त्यहाँ दलाई लामाले प्रधानमन्त्री कार्कीलाई लिखित बधाई र शुभकामना दिएको उल्लेख छ। यो घटनापछि चीनले प्रधानमन्त्री कार्कीलाई औपचारिक रूपमा समकक्षीको तर्फबाट बधाई दिन ढिलाइ गरेको देखिन्छ।

अव, टासी ल्हाजोमको नाम प्रदेशीय वा राष्ट्रिय विवादको विषय होइन, अन्तर्राष्ट्रिय संवेदनशीलतासँग पनि जोडिएको छ। यो प्रकरणले नेपालमा विदेशी हस्तक्षेपको आशंका जस्ता संवेदनशील मुद्दामा ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट