अख्तियार प्रमुखको हत्या गर्ने धम्की दिएका प्रकाश पाठकलाई फिलिपिन्समा पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई नेपाल ल्याइएको छ। अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा लिइएको यस घटनामा पक्राउ पर्ने व्यक्ति प्रकाश पाठक हुन्।

पाठकले फिलिपिन्समा बसेर इमेलमार्फत धम्की दिँदै आएका थिए। प्रहरी टोलीले आज उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रकाली ल्याएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

पाठकले आफुलाई ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)’ का चेयरमेन बताउँदै आएका थिए। उनि अपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। नेपालमा उनीमाथि चार वटा मुद्दा दर्ता छन्। पाठकले राईलाई मंसिर दोस्रो साता अख्तियार प्रमुखको पदबाट राजीनामा नदिए ज्यान मार्ने धम्कीसहितको पत्र पठाएका पाठकले इमेलमा पठाएका थिए।

‘हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ, त्यसमध्ये तपाईंको नाम पनि छ। १० दिनभित्र राजीनामा दिनुहोला, नत्र आफ्नो अन्तिम इच्छा पूरा गर्न सक्नुहुन्छ।’ भन्दै म्यासेज पठाईएको थियो। यो घटना नेपालका लागि सुरक्षाको ठूलो चेतावनी हो। उच्च पदस्थ व्यक्तिलाई लक्षित गरी पठाइएको धम्कीले राज्यको संरचना र सुरक्षात्मक संयन्त्रमाथि प्रश्न उठाएको छ।

प्रहरीले यसअघि नै धम्की दिने अन्य ३ जनालाई पक्राउ गरिसकेको छ। यसैक्रममा पाठक पक्राउ परेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट