सरकार गठनको तयारी नहुँदै प्रधानमन्त्रीका लागि रास्वपाभित्र लफडाको संकेतः शीर्ष नेतृत्वको बोली फेरियो
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रधानमन्त्री पद र आगामी नेतृत्वको विषयमा भित्री किचलोका संकेतहरु देखिएका छन्। पार्टीका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद ‘डिपी’ अर्याललगायतले प्रधानमन्त्रीका उम्मेदवार र अन्य भूमिकासँग सम्बन्धित स्पष्ट योजना नराख्दा मतदातामा अनिश्चिता देखिन थालिसकेको देखिन्छ।
उपसभापति अर्यालले पत्रकारसँग कुरा गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र ‘बालेन’ साहबीच भएको सम्झौताबारे आफूलाई कुनै जानकारी नभएको बताएपछि यो प्रकरणले ठुलै मोड लिने संकेत गरेको देखिन्छ। बालेनको अनुहार चुनाव प्रचारमा प्रमुख रूपमा प्रयोग गरिएको, र पार्टीले त्यसैको बलमा यत्रो सिट जितेको अवस्थामा शीर्ष नेताले सम्झौताबारे अनभिज्ञता जनाउनुले राजनीतिक तरङ्ग सिर्जना गरेको छ।
पत्रकारको ‘सम्झौतामा भनिएअनुसार पाँच वर्ष बालेन साह प्रधानमन्त्री र म सभापति रहने होइन त?’ भन्ने प्रश्नमा आफूलाई सम्झौताबारे जानकारी नभएको भन्दै उनले स्पष्ट उत्तर दिनएन। अर्कोतर्फ सभापति लामिछानेले पनि प्रधानमन्त्रीको विषयमा स्पष्ट जवाफ दिएका छैनन। पत्रकारहरुले ‘बालेन साह पाँच वर्ष नै प्रधानमन्त्री होईन त ?’ भन्दै सोधेको प्रश्नमा उनले नसुनेझै अन्यत्र अनहार फकाएका थिए।
उनले चुनाव जित्नासाथ सबैकुरा तत्काल परिवर्तन सम्भव नहुने स्पष्ट संकेत पनि गरेका छन्। रास्वपाले चुनाव जित्दैमा स्विच थिचेजस्तो परिवर्तन हुँदैन भन्नुले पनि उनको नियतमा शंका गर्ने ठाउँ देखिन्छ।
सामाजिक सञ्जालमा यसको विरोधाभासी प्रभाव पनि देखिएको छ। प्रयोगकर्ता विरेन धानुकले बालेनको फोटोसहित चुनावी प्रचार गरेको उद्धृत गर्दै अब शीर्ष नेतृत्वले थाहा छैन भन्नु शंकास्पद रहेको टिप्पणी गरेका छन्। किरण न्यौपानेले रास्वपाभित्रै बोली र नियत फेरिने संकेत देखिएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘बालेनको कार्ड फ्याँकेर चुनाव जित्यो, अब बोली फेरिन थालेको देखिन्छ।’
चन्द्रजीतले बालेनको अनुहार प्रमुख रूपमा प्रयोग गरेको कारणले पार्टीले चुनावमा सुनामी ल्याउन सफल भएको स्मरण गराएका छन्। लक्ष्मी भट्ट क्षेत्रीले पनि रास्वपाभित्रै प्रधानमन्त्री पदको विषयमा लफडा हुन सक्ने संकेत गरेका छन्। यो राजनीतिक विवाद पुस १३ गते भएको सात बुँदे सम्झौतासँग प्रत्यक्ष सम्बन्धित छ, जसको चौथो बुँदामा उल्लेख छ—राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह हुने।
तर, जितसँगै रास्वपाका केही नेताहरूले आफ्नो बोली फेरिसकेका छन्। सभापति लामिछाने स्वयं पनि बालेनलाई प्रधानमन्त्री बनाउने तयारीमा नरहेको देखिन्छ। पत्रकारको सोधपुछमा उनले स्पष्ट उत्तर दिन अस्वीकार गर्दा पार्टीभित्र र मतदातामा थप द्विविधा र राजनीतिक अस्थिरता उत्पन्न भएको छ।
यो घटनाक्रमले रास्वपा भित्रको नेतृत्व संरचना, प्रधानमन्त्रीको उम्मेदवार निर्धारण प्रक्रिया, र आगामी पाँच वर्षका राजनीतिक समीकरणमा गहिरो प्रश्नहरू उठाएको छ। पार्टीले आफ्ना मतदाता र समर्थकलाई बुझाइ दिन नसक्दा अस्थिरता र भित्री विवादको सङ्केत बढिरहेको विश्लेषकहरूको टिप्पणी छ।
लोकप्रिय
रास्वपाको सुनामीमा बढारिए मधेशका ‘मसिहा’: किर्ते नागरिकता विवादित झालाई कमाण्डर बनाउँदा महँगो पर्यो चुनाव
सप्तरी–१ मा रास्वपाको एकतर्फी परिणामः ‘केबलकार’ चलाउने उम्मेदवारको पत्तासाफ, कांग्रेस सभापतिको लज्जास्पद हार
ताजा अपडेट
जेनजी आन्दोलनको छानविनमा उठ्यो प्रश्नः भदौ २३ को घट्नामा नामै तोकेर कारबाही सिफारिस, २४ को विध्वंसमा आयोग मौन
