माइतीघरमा महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच हानाहान

काठमाडौँ— बलात्कारको आरोपसहित बढ्दै गएको व्यक्तिगत द्वन्द्व र सडक आन्दोलनको उत्कर्षमा नेकपा एमालेका नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबीच माईतीघरमा झडप भएको छ। अवस्था नियन्त्रणबाहिर जान खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै केही महिलालाई नियन्त्रणमा लिएको छ।

दिउँसो करिब १२ बजे शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू पूर्वगृहमन्त्री सुधन गुरुङको पुनर्वहालीको माग गर्दै माइतीघरमा धर्ना बसको थिए। सोही क्रममा अम्बिका बस्नेत आफ्ना समर्थकसहित त्यहाँ पुगेपछि अवस्था एकाएक तनावपूर्ण बनेको प्रत्यक्षदर्शीले वताएका छन्।

अम्बिका पक्षले धर्नामा बसेका समूहप्रति आक्रामक व्यवहार देखाएपछि दुई पक्षबीच भनाभन सुरु भई घम्साघम्सीमा परिणत भएको जनाईएको छ। स्थिति बिग्रँदै गएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर झडप नियन्त्रणमा लिएको थियो।

प्रहरी हस्तक्षेपपछि अम्बिका बस्नेतसहित केही महिलालाई नियन्त्रणमा लिई प्रहरी परिसरतर्फ लगिएको छ। यद्यपि घटनाको विस्तृत विवरण र कानुनी प्रक्रिया सम्बन्धी थप जानकारी आउन बाँकी रहेको छ।

यो घटनाले पछिल्ला दिनहरूमा चर्किँदै गएको विवादको अर्को रूप उजागर गरेको छ। केही दिनअघि शोभा पाठकले महेश बस्नेतमाथि कारबाहीको माग गर्दै अनशन बसेकी थिइन्, जसले व्यापक चर्चा पाएको थियो। त्यसक्रममा तत्कालीन गृहमन्त्री सुधन गुरुङ आफैं उनलाई भेट्न पुगेका थिए, र गुरुङको राजीनामापछि पाठकले अनशन तोडेकी थिइन्।

तर अहिले उनी पुनः गुरुङको पुनर्वहालीको मागसहित सडकमा उत्रिएकी छन्, जसले आन्दोलनलाई नयाँ मोड दिएको छ। माइतीघरमा भएको यो भिडन्त केवल दुई व्यक्तिबीचको झगडा मात्र नभई पछाडि लुकेको राजनीतिक प्रभाव, व्यक्तिगत द्वन्द्व र सार्वजनिक आन्दोलनको जटिल मिश्रणको संकेतका रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट