सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

लहान— सिरहाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा मंगलबार राति करिब साढे १० बजे अचानक परेको चट्याङले एक महिलाले मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

प्रहरीका अनुसार चट्याङ लागेर करिब ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै मृत्यु भएको हो। उनको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन, चट्याङको आन्तरिक असर गरेको हुनसक्ने जनाईएको छ।

उक्त घटनामा उनका ३५ वर्षीय श्रीमान् मिथिलेश सदा घाइते भएका छन्। चट्याङको प्रभावबाट उनी पनि प्रभावित भएपनि तत्कालै उद्धार गरी स्थानीय मेडिकलमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। उपचाररत चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ र थप निगरानीमा राखिएको छ।
घटनापछि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउनुका साथै मृतकका माइती पक्षलाई घटनाबारे जानकारी गराइसकेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट