सप्तरीका सांसद अमरकान्त चौधरीको परस्त्रिसँग ‘लिप किस’ तस्बिर सार्वजनिक, चुनावी सामग्रीको १ लाख ५५ हजार पनि तिरेनन

राजविराज — सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरकान्त चौधरी एक युवतीसँग ‘लिप किस’ गरिरहेको तस्बिर सार्वजनिक भएपछि उनको निजी सम्बन्धमाथि प्रश्न उठेको छ।

जनआस्था डटकमले सार्वजनिक गरेको समाचार र तस्बिरमा देखिएकी युवती सप्तरीकै दिपिका सिंह रहेको बताइएको छ। उनी गत फागुन २१ गते भएको निर्वाचनका क्रममा चौधरीको चुनावी अभियानमा समेत सक्रिय रहेको विवरण सार्वजनिक भएका छन।

चौधरी र सिंहबीचको निजी सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेका बेला उनीहरू दुवै विवाहित जीवनसँग जोडिएका व्यक्ति रहेको विवरणसमेत सार्वजनिक भएको छ। चौधरी ४५ वर्ष पुगिसकेका छन् र उनको एक सन्तान रहेको बताइएको छ।

सार्वजनिक भएको तस्बिरमा चौधरी र सिंह एकअर्कालाई चुम्बन गरिरहेको देखिन्छन। उक्त तस्बिर सिंहकै फेसबुक वालबाट सार्वजनिक भएको थियो। यद्यपि तस्बिर कहिले र कुन परिस्थितिमा खिचिएको हो भन्ने स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

चौधरीको राजनीतिक पृष्ठभूमि भने मधेस केन्द्रित राजनीतिबाट सुरु भएको हो। उनले राष्ट्रिय जनता पार्टीबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका थिए। उनका पिता चन्द्रकान्त चौधरी मधेस आन्दोलनका समयमा प्रतिनिधिसभा सदस्य भएका थिए। उनी ऊर्जा राज्यमन्त्रीसमेत बनेका थिए।

राजनीतिक परिवारबाट आएका चौधरी पछिल्लो निर्वाचनमा रास्वपाबाट सप्तरी–३ मा निर्वाचित भएका हुन्। निर्वाचित जनप्रतिनिधिको निजी जीवनसँग जोडिएको तस्बिर सार्वजनिक भएपछि त्यसको वास्तविकता बुझ्न सम्बन्धित दुवै पक्षसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो।

चौधरीका ९७०५००७६०५ र ९८६२९९७४०५ नम्बरमा पटकपटक फोन गर्दा सम्पर्क हुन सकेन। सिंहसँग पनि प्रतिक्रिया लिने प्रयास सफल भएन। त्यसैले तस्बिरमा देखिएको सम्बन्ध र त्यसको प्रकृतिबारे दुवै पक्षको प्रत्यक्ष धारणा सार्वजनिक हुन सकेको छैन।

प्राप्त विवरणअनुसार सिंह निर्वाचनका बेला चौधरीको चुनावी अभियानमा सक्रिय थिइन्। उनी चौधरीसँगै विभिन्न स्थानमा प्रचार अभियानमा हिँडेको बताइएको छ। यही राजनीतिक निकटता र त्यसपछि सार्वजनिक भएको निजी तस्बिरले उनीहरूबीचको सम्बन्धलाई लिएर थप चासो जन्माएको हो।

सांसदका रूपमा सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिको निजी जीवनमाथि प्रश्न उठ्नु आफैंमा नयाँ विषय होइन। तर निर्वाचित जनप्रतिनिधिको सार्वजनिक छवि, पारिवारिक जिम्मेवारी र राजनीतिक आचरणबीचको सम्बन्धबारे प्रश्न उठ्ने गरी निजी तस्बिर सार्वजनिक भएपछि चौधरीमाथि त्यसको स्पष्टीकरण दिनुपर्ने दबाब बढेको छ।

चुनावी खर्चको रकमसमेत विवादमा
चौधरीसँग जोडिएको अर्को विषय भने चुनावी प्रचार सामग्रीको भुक्तानीसँग सम्बन्धित छ। राजविराज–४ नेताचोकस्थित आरएन आर्टस एण्ड मिडियाले निर्वाचन अभियानका क्रममा चौधरीका लागि प्रचार सामग्री छापेबापत १ लाख ५५ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको दाबी गरेको छ।

व्यवसायीका अनुसार सुरुमा १ हजार थान झण्डा तथा १५–२० वटा ब्यानर छापिएको थियो र त्यसको भुक्तानी नगदमा गरिएको थियो। त्यसपछि थप ब्यानर, झण्डा, पोस्टर तथा करिब १ हजार थान ब्याचलगायतका सामग्री तयार पारिएको र त्यसको १ लाख ५५ हजार रुपैयाँ अझै नपाएको व्यवसायीको दाबी छ।

व्यवसायीका अनुसार सुरुमा चौधरी फोन उठाउने र रकमबारे कुरा गर्ने गर्थे। पछिल्लो समय भने फोनसमेत उठाउन छाडेको उनको आरोप छ। व्यवसायीका छोराले फोन गर्दा चौधरीले ‘पैसा दिँदिनँ, के गर्छस् ?’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेकोसमेत उनको दाबी छ।

यो आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन र यसबारे सांसद चौधरीको प्रतिक्रिया पनि प्राप्त भएको छैन। यसरी चौधरीसँग जोडिएको सार्वजनिक विवादको एउटा पाटो उनको निजी जीवनसँग सम्बन्धित तस्बिर हो भने अर्को पाटो चुनावी अभियानमा प्रयोग भएको प्रचार सामग्रीको भुक्तानीसँग सम्बन्धित दाबी। दुवै विषयमा सांसद चौधरीको स्पष्ट धारणा सार्वजनिक भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट