चितवन जिल्ला अदालतको फैसलाः विवाह भएका छोरीको पनि अंशमा हक
भरतपुर– जिल्ला अदालत नवलपुरले छोरीलाई अंशबाट वञ्चित गर्नु पितृसत्तात्मक सोच भएको ठहर गर्दै विवाह गरेर गएकी छोरीलाई पनि अंश छुट्याउनु पर्ने फैसला गरेको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले गरेको यो फैसलापछि छोरीको पनि अंशमा हक लाग्ने भएको छ।
नवलपरासीका कावासोती–४ हसौरा बस्ने गंग बहादुर थापाकी छोरी सीमा थापा र ज्योति थापा वादीले हजुरआमा नन्नाकली थापासमेतलाई प्रतिवादी बनाइ दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो।
०७५ सालमा दायर भएको रिटमाथि २०७९ मंसिर २७ गते फैसला गरिएको थियो। त्यसको पूर्णपाठ भने भर्खरै सार्वजनिक भएको छ। गंगाबहादुरले भारतमा कान्छी श्रीमती बिहे गरेपछि नेपालमा रहेकी जेठी श्रीमतीले अन्तै बिहे गरेकी थिइन्।
जेठीबाट गंगाबहादुरका एक सन्तान छन्। केही समयअघि गंगाबहादुर र उनकी श्रीमतीको मृत्यु भएपछि गंगाबहादुरकी आमा नन्नाकलीले सम्पत्तिमा हक लाग्ने अरु कोही नभएको र दुई छोरीहरूको विवाह समेत भइसकेको भन्दै सम्पत्ति आफ्नो नाममा गराएकी थिइन्। उक्त सम्पत्तिलाई सगोलकै सम्पत्ति भएकाले आफूहरुको भोगाधिकार हुने नन्नाकलीको दाबी थियो।
गंगाबहादुरकी कान्छी श्रीमतीबाट जन्मिएका २ छोरी सीमा र ज्योति भारतमै थिए। ०७५ सालमाा बुवाको सम्पत्ति खोज्दै नेपाल आएका उनीहरुले अंशको हक दाबी गरे। नन्नाकलीले अंश दिन अस्वीकार गरिन्।
त्यसपछि उनीहरूले अंश दाबी गर्दै नन्नाकलीविरुद्ध अदालतमा रिट दायर गरेका थिए।
यहाँ हेर्नुहोस फैसलाको पूर्णपाठ
लोकप्रिय
ताजा अपडेट
केपी ओली पक्राउ परेपछि पूर्वसचिव भीम उपाध्यायको ‘खुच्चिङ’—आफ्नै गिरफ्तारी सम्झँदै कानुनी प्रक्रियाको पाठ
