रातभरी सँगै रक्सी खाएका साथीले नै गरे गोविन्दको विभत्स हत्या
दमक– झापाको दमकमा रक्सी खाएका युवाहरुबीच भएको झडपमा एक जनाको विभत्स हत्या भएको छ।
शुक्रवार बिहान करिब ३ बजे आफ्नै साथीको छुरा प्रहारबाट इलामको चुलाचुलीस्थित पेल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बुको हत्या भएको हो ।
प्रहरीका अनुसार दमक १ स्थित एक होटेलमा बसेर रातभर सँगै रक्सी खाएका उनीहरुबीच भनाभन हुँदै झडपको स्थिती उत्पन्न भएको थियो। सोही क्रममा दमकसँगै जोडिएको पेल्टिमारीका लिम्बुको हत्या भएको हो ।
अनुसन्धानका लागि प्रहरीले केही ब्यक्तिलाई नियन्त्रणमा लिइएको छ । तर हतियार प्रयोग गर्ने मुख्य ब्यक्ति फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाले बताए।
प्रतिक्रिया
लोकप्रिय
सप्तरीमा प्रदेश सांसद किरणकुमारी साहद्वारा सासु–ससुरामाथि ज्यादती, घरबाट निकालिएपछि १५ दिनदेखि भौतारिँदै वृद्ध दम्पती
