कुकुर र ड्रोनले यसरी गर्दैछन काठमाडौं उपत्यकाको सुरक्षा निगरानी

काठमाडौं– नेपाल प्रहरीले यस वर्ष दशैंमा काठमाडौं उपत्यकाको सुरक्षाका लागि कुकुर र ड्रोनको सहयोग लिएको छ।

प्रहरीले चाडपर्वको अवधिभर काठमाडौं उपत्यकाको संवेदनशील सार्वजनिक स्थानमा ड्रोनबाट निगरानी गरिरहेको छ। भीडभाड तथा जमघट हुने सार्वजनिक स्थल, आवतजावतका नाका, किनमेल हुने मुख्य बजारमा ड्रोन प्रयोग गरिएको हो।

काठमाडौं उपत्यकास्थित ३ वटै जिल्लाहरुमा पैदल गस्ती, मोवाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाक थु्र गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका प्रो–एक्टिभ पुलिसिङको माध्यमद्वारा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गरिएको जनाईएको छ।

बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर–गहनाको कारोवार हुने स्थानहरुमा सादा पोशाकमा सञ्चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाईएको छ।

काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरु, मल–मार्टहरु र मुख्य–मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साथै केनाइन कार्यालयबाट तालीम प्राप्त कुकुरबाट चेकजाँच (डग स्नीफिङ एण्ड सर्च) भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट