अस्पतालमा शौचालयको डस्टविनभित्र कस्ले फाल्यो सालनालसहितको शिशु ?

मकवानपुर– मकवानपुरको हेटौँडा स्थित एक अस्पतालको शौचालयमा सालनालसहितको मृत शीशु फेला परेको छ।

हेटौडा उपमहानगरपालिका– १ मा रहेको हेटौँडा अस्पतालको महिला शौचालयमा नवजात शिशुको शव फेला परेको हो।

उक्त शिशु अस्पतालको महिला शौचालयमा फोहोर फाल्ने डस्टबिनमा फेला परेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार शनिबार राति मृत अवस्थामा फेला परेको उक्त शिशु कसको हो र कसले फालेको हो भन्नेबारे खुलेको छैन।

प्रहरीले घट्नाको शुक्ष्म अनुशन्धान गरिरहेका भण्डारीले वताईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट