५० रुपैयाँको सिक्रीका लागि आफनै साथीको छुरा हानी हत्या, दुई जना पक्राउ

जनकपुर– महोत्तरीमा ५० रुपैयाँको बजारे सिक्रीको विवादमा दुई जना युवाले आफनै साथीको हत्या गरेका छन्। पिपरा गाउँपालिका–५ हर्दिया गाउँ निवासी राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको साथीले छुरा हानेर हत्या गरेका हुन् ।

प्रहरीका अनुसार बुधबार राति वसन्त १९ वर्षिय दीपक मल्लिक र १८ वर्षिय अमित मल्लिक मिलेर गाउँमै लागेको दुर्गा (दसैँ) मेला हेर्न गए। त्यहाँ वसन्तले ५० रुपैयाँ तिरेर एउटा सिक्री खरिद गरे। दीपकले फोटो खिच्न भन्दै वसन्तको सिक्री मागे। तर, फोटो खिचिसकेपछि सिक्री फिर्ता माग्दा दीपकले दिन मानेनन्।

सोही विषयमा वसन्त र दीपकको विवाद भयो। त्यसपछि अमित र दीपक मिलेर वसन्तलाई छुरा हानेको प्रहरीले जनाएको छ। दीपक र अमित दुवै जना भारतीय नागरिक हुन। विहार राज्यको मधुवनी जिल्ला स्थित जयनगरका दीपक र उनका भाइ नाता पर्ने अमित पिपरा गाउँपालिका–५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए ।

मामाघर बस्ने क्रममा दीपक र अमितको वसन्तसँग मित्रता भएको प्रहरीले जनाएको छ। बिहीबार राति स्थानीय जगदीश साहको खेतमा वसन्तको शव फेला परेपछि प्रहरीले अनुशन्धान सुरु गरेको थियो। सोही क्रममा दुवै जनालाई मामाघरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हत्यामा प्रयोग गरिएको छुरा र रगत लत्पतिएको कपडा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले बताए। घट्नाको थप अनुशन्धान भईरहेको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट