सप्तरीमा खेतमा काम गरिरहेका बाबुछोरीलाई चट्याङ लाग्दा मृत्यु

राजविराज— सप्तरीको बोदे बरसाइन नगरपालिका–अमरैयामा मंगलबार चट्याङ लागेर बाबुछोरीको मृत्यु भएको छ।

धानखेतमा झार गोड्न पुगेका ५५ वर्षीय भोला साह र उनकी १८ वर्षीया छोरी मधुकुमारीलाई वर्षासँगै परेको चट्याङ लागेको थियो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेका अनुसार खेतमा काम गरिरहेका बेला चट्याङ लागेपछि दुवै जना घटनास्थलमै ढलेका थिए। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै जनाको शव परिवारको जिम्मा लगाएको डीएसपी घिमिरेले बताए। एकै परिवारका बाबु र छोरीको चट्याङ लागेर मृत्यु भएपछि अमरैया गाउँ शोकमा परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट