दलित भएको थाहा पाएपछि विरानगरको आश्रमबाट निकालिईन वृद्धा

विराटनगर– विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण एक वृद्धालाई आश्रमबाट निकालेको छ।

उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासलाई आश्रमले बोलाएर अन्तिममा निकालेको हो। उनले यस विषयमा प्रहरीमा उजुरी दिएकी छिन्।

आफूलाई आश्रममा बस्न बोलाएर दलित भएको थापा पाएपछि बाहिर निकालेको उनले बताएकी छन्।

जिल्ला प्रहरी कार्यालयमा उनले दिएको उजुरीमा आश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई विपक्षी बनाइएको छ।

०८० मङ्सिर १४ गते उर्लाबारी नगरपालिका–३ को सिफारिससहित पुष्पलाल चोकमा रहेको जागृति आश्रममा बस्न आएको तर दलितहरुलाई यहाँ राख्न मिल्दैन भनी आफूलाई सो आश्रमबाट हटाइ दिएको सुन्दासले उजुरीमा उल्लेख छ।

हाल नेपाल छुवाछुत मुक्त देश भइसक्दा समेत दलितमाथि हेला होचो गरेको हुँदा विपक्षीलाई झिकाइ कारबाही गरी पाउँ भनेर उनले उजुरी गरेकी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट