सैनिक आवासिय महाविद्यालयको प्रदेशस्तरीय स्पेलिङ प्रतियोगितामा मदर मेमोरियल प्रथम

राजविराज– मधेश प्रदेशका ८ जिल्लाका ३२ विद्यालय सहभागी प्रदेशस्तरीय ‘इन्टर–स्कुल स्पेलिङ कन्टेस्ट’मा सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित मदर मेमोरियल सेकेन्डरी स्कुल प्रथम भएको छ। भदौ २६ गते आयोजित प्रतियोगितामा नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल, सप्तरी द्वितीय तथा सैनिक आवासीय महाविद्यालय, बर्दिबास तृतीय भएका छन्।

विभिन्न विद्यालयका विद्यार्थीको अंग्रेजी शब्दज्ञान, सही हिज्जे, उच्चारण, शब्दभण्डार तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी मधेश प्रदेशका ८ जिल्लाका ३२ विद्यालय सहभागी भएका थिए।

प्रतियोगिताको अन्तिम चरणमा प्रारम्भिक ‘क्वालिफाइङ राउन्ड’बाट उत्कृष्ट पाँच स्थान हासिल गरेका विद्यालयबीच प्रतिस्पर्धा गराइएको थियो। अन्तिम चरणमा डिक्टेसन, क्विज र बजर राउन्डमार्फत विद्यार्थीको स्पेलिङ, उच्चारण, शब्दभण्डार तथा प्रतिस्पर्धात्मक क्षमता परीक्षण गरिएको थियो।

प्रतियोगितामा मदर मेमोरियलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्दा नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुलले दोस्रो, सैनिक आवासीय महाविद्यालय बर्दिबासले तेस्रो, स्वस्तिक पाठशाला सिराहाले चौथो र नाइटिङ्गेल इङ्लिस बोर्डिङ स्कुल बाराले पाँचौँ स्थान प्राप्त गरे।

प्रतियोगितामा विभिन्न विधामा चार विद्यार्थी तथा विद्यालयलाई विशेष पुरस्कारसमेत प्रदान गरिएको थियो। सैनिक आवासीय महाविद्यालय, बर्दिबासका ओशिष दाहालले ‘बेस्ट स्पेलर’, नाइटिङ्गेल इङ्लिस बोर्डिङ स्कुलकी वर्षा यादवले ‘बेस्ट प्रोनन्सिएसन’ तथा स्वस्तिक पाठशाला सिराहाकी कृति कविता नायकले ‘मोस्ट प्रोमिसिङ स्पेलर’को पुरस्कार प्राप्त गरे। मदर मेमोरियल सेकेन्डरी स्कुलले ‘बेस्ट टिम स्पिरिट’को पुरस्कार प्राप्त ग¥यो।

प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय बर्दिबास, श्री जनता माध्यमिक विद्यालय गैरीडाँडा बर्दिबास, फ्लोरेन्स एकेडेमी इङ्लिस बोर्डिङ स्कुल बर्दिबास, मोडर्न गुरुकुल बोर्डिङ स्कुल बर्दिबास, माउन्ट एभरेस्ट बुद्ध सीता बोर्डिङ स्कुल बर्दिबास, आइडियल को–एड एकेडेमी, विश्वनाथ विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल, शुभ सहारा पाठशाला इङ्लिस बोर्डिङ स्कुल सिराहा, मनकामना इङ्लिस बोर्डिङ स्कुल बारा, नाइटिङ्गेल इङ्लिस बोर्डिङ स्कुल बारा, बर्दिबास स्वर्णिम पाठशाला, महोत्तरी ग्लोरी इङ्लिस बोर्डिङ स्कुल रामगोपालपुर र श्री देउराली माध्यमिक विद्यालय बर्दिबास सहभागि थिए।

यसैगरी, बर्दिबास बोर्डिङ स्कुल, नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल सप्तरी, लालिगुराँस एकेडेमी आवासीय माध्यमिक विद्यालय सर्लाही, लर्ड ब्राइट भिजन इङ्लिस स्कुल सर्लाही, नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय रौतहट, श्री रूपा नेपालीपाल माध्यमिक विद्यालय रौतहट, श्री जनज्योति माध्यमिक विद्यालय रौतहट, मदर मेमोरियल सेकेन्डरी स्कुल सप्तरी, ज्ञानदा एकेडेमी पर्सा, शिव इन्टरनेसनल बोर्डिङ स्कुल सप्तरी, उग्रकान्त सेकेन्डरी स्कुल सप्तरी, रकमेल एकेडेमी आवासीय माध्यमिक विद्यालय सर्लाही, सुपरसेन्स सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धनुषा, स्वस्तिक पाठशाला सिराहाको पनि सहागित थियो।

यस्तै, दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालय पर्सा, गोगलप्रसाद माध्यमिक विद्यालय धनुषा, यज्ञकलव्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकुण्ड धनुषा तथा मोनाष्टिक सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल बर्दिबास र श्री लहान मनकामना इङ्लिस बोर्डिङ स्कुल सिराहा सहभागी थिए।

नेपाली सेनाको मध्य पूर्वी पृतनाका पृतनापति तथा महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपरथी भुवन खत्रीको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो। आयोजक सैनिक आवासिय महाविद्यालय वर्दिवासका अनुसार प्रतियोगिताले विद्यार्थीमा अंग्रेजी भाषाप्रतिको रुचि बढाउनुका साथै शब्दज्ञान, सही उच्चारण, आत्मविश्वास, सार्वजनिक प्रस्तुति क्षमता र स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकासमा सहयोग पु¥याएको छ। प्रतियोगिताले सहभागी विद्यालयका विद्यार्थी तथा शिक्षकबीच अनुभव आदानप्रदान र शैक्षिक सहकार्यको अवसरसमेत सिर्जना गरेको आयोजकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट