स्मार्ट फोनको विषयमा विवाद हुँदा माओवादी नेताकी श्रीमतीले छोराछोरी साक्षी राखेर पासो लगाईन

काठमाडौं– नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला सदस्य मनोजकुमार रानाकी श्रीमती देवकला रानाले रुखमा झुण्डिएर आत्महत्या गरेकी छन्। आफ्ना ४ वर्ष र १९ महिनाका बच्चालाई सामुन्ने राखेर उनले पासो लगाएको स्थानीयले वताएका छन्।

देवकलाले तिलोत्तमा नगरपालिका–४, स्थित वनमा पासो लगाएर आत्महत्या गरेको उनीहरुको भनाई छ। उनका माइतीले रानामाथि आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै शव पोस्टमार्टम गर्न मानेको छैन। उनीहरुले शव बुझेका पनि छैनन्।

देवकला सबैले देख्ने गरी झुण्डिएको जनाईएको छ। तर, उनलाई कसैले पनि बचाउने प्रयास नगरेको पाइएको छ। स्रोतका अनुसार घटनापश्चात् मृतकको माईती अर्घाखाँचीबाट तत्कालै आफन्तहरु आएको छन्।

शव बुझ्नका लागि माइती पक्षले चार बुँदे माग राखेका छन्। बालबच्चाको जन्म दर्तामा आमाको नाम उल्लेख गर्नुपर्ने, उनीहरुको नाममा सम्पत्ति राख्नुपर्ने र त्यसको संरक्षक बुवा हुनुपर्ने, मामाघर आउन जान पाउनुपर्नेलगायतका माग माइती पक्षको छ।

मृतकका श्रीमान् मनोज रुपन्देहीमा सीजी ग्रुपको रक्सी डिलर हुन्। उनी हुनेखाने परिवारकै भएको छिमेकी बताउँछन्। श्रीमान श्रीमतीकाबीचमा स्मार्ट फोनको विषयमा केही दिनदेखि विवाद भइरहेको छिमेकीले वताए।

ईलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले मृतकको माइती पक्षबाट कुनै पनि जाहेरी नआएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट