काकी भतिजाको अफेयरले निम्त्याएको भयानक दुर्घटनाः २ जनाको हत्या, १ जना जेलमा

राजविराज– चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालिएका दुई जनाको शव काकी–भतिजाको भएको खुलेको छ। काकी भतिजाको अनैतिक यौन सम्वन्ध महिलाका पतिले थाहा पाएपछि उनैले दुवैको हत्या गरेको खुलेको हो।

गत ६ मङ्सिरमा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव फेला परेको थियो। लामो समय मृतकको पहिचान नै हुन सकेको थिएन। प्रहरीले एक महिना लगाएर उक्त घट्नाको वास्तविक्ता सार्वजनिक गरेको हो।

अनुसन्धानमा उनीहरूको हत्यामा महिलाका पति संलग्न भएको पत्ता लागेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले वताए। मृतकहरु भारत मोतिहारी फुलबारिया सुगौली निवासी १९ वर्षीय ऋषभ कुमार कुशवाहा र सोही स्थानको सुगांव डीह निवासी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी हुन।

उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको अधिकारीको भनाई छ। मृतकहरू नेपालमा तरकारी, फलफूल व्यापारका लागि पटक–पटक आउने गरेका थिए। उनीहरू अन्तिम पटक दसैँपछि नेपाल आएर चितवनको मिलचोकमा कोठा लिएर बस्न थालेका थिए। दुई जनाबिच सम्बन्धका बारेमा अस्मिताका श्रीमान्ले थाहा पाए। त्यस विषयमा उनीहरूको झगडासमेत हुने गरेको प्रहरीको भनाई छ।

त्यसैको रिसमा २ मङ्सिरमा अखिलेशले दुई जनालाई उनीहरूकै कोठामा हत्या गरेको खुलेको छ। त्यसपछि दुईवटा शवलाई जुटको बोरामा बन्द गरी ३ गते राति साइकलमा राखेर कल्भर्टमा फालेका थिए। सीसीटिभी फुटेजमा उनले शव साईकलमा ओसारेको देखिएको प्रहरीको भनाई छ।

घटनापछि अखिलेश भारत फर्किएका थिए। प्रहरीले उनको खोजी गर्न भारतीय प्रहरीसँग समन्वय गर्यो। त्यसपछि उनी अपहरण र व्यक्ति बेपत्ता सम्बन्धी एफआईआर दर्ता भई १६ पुसमा भारतमै पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल उनी भारतको केन्द्रीय कारागार मोतिहारीमा छन्। उनले भारतीय प्रहरी समक्ष नेपाल आएर भतिज नाता पर्ने ऋषभ र पत्नी अस्मिताको हत्या गरेको स्वीकार गरेका छन्।

श्रीमतीका अर्का प्रेमीको हत्या
भरतपुर घटना अघि उनीहरू तीनै जना मिलेर भारतमा अर्का एक युवकको हत्या गरेको पनि खुलेको छ। सुरक्षा स्रोतका अनुसार भारतको बिहार राज्य पूर्वी चम्पारण सुगौली सुगांव डीह घर भएका ३२ वर्षीय अखिलेश र ३० वर्षीया अस्मिता भनिने सन्जुदेवीको विवाह सन् २०१३ मा भएको थियो। उनीहरूका ८ वर्षका छोरा र ६ वर्षकी छोरी छन्।

६ वर्ष पहिले अखिलेश भारतको मोतिहारीस्थित फूलबारीया, सुगौलीमा रहेको मामाघर जाँदा त्यहीँ घर भएका १९ वर्षीय ऋषभकुमार कुशवाहा र २२ वर्षीय रितेश साहसँग मित्रता भएको थियो। पछि उनी व्यावसायिक साझेदारसम्म बेका थिए। काठमाडौंको कालिमाटी तरकारी बजारमा साझेदारीमै तरकारी तथा फलफूलको व्यवसाय गरे।

यसैबीचमा ऋषभ र रितेशको अखिलेशसँग सम्वन्ध भएको अनुशन्धानबाट खुलेको छ। त्यसपछि दुवै प्रेमीहरूका बीचा मनमुटाव सुरू भयो। ऋषभले सन्जु र रतेशको सम्वन्धका बारेमा अखिलेशलाई सुनाइदिए। अखिलेसले ऋषभसँग मिलेर रितेशको हत्याको योजना बनाए। उनीहरूले अक्टोबर २३ तारिखमा रितेशको अपहरण गरी गम्छाले घाँटीमा कसेर हत्या गरेको पाइएको पाईएको छ।

रितेशको शवलाई बोरामा हालेर गोपालपुर भन्ने ठाउँमा खाल्डो खनेर पुरिदिएको बयान उनले भारतीय प्रहरीलाई दिएका छन्। अखिलेशको बयानअनुसार भरतपुरको घटनाको एक हप्ताअघि सन्जु घर छोडेर हिँडेकी थिइन्। श्रीमतीलाई खोज्दै चितवन आइपुग्दा उनले श्रीमती र ऋषभबीचको सम्बन्ध थाहा पाएका थिए।

उनीहरू भरतपुर–९ स्थित पूर्वपश्चिम राजमार्ग नजिकैको ऋषभको काका नाता पर्नेको कोठा नजिकै कोठा लिएर वसेका थिए। अखिलेशले सोही कोठामा दुवैको हत्या गरेको खुलेको छ। हत्यापछि एउटा शवलाई मंसिर ३ गते बिहान पौने १ बजेतिर र अर्कोलाई सवा १ बजेतिर साइकलमा लगेर लुकाएको प्रमाण प्रहरीले फेला परेको थियो।

दुवैको शव मुखमा टेप लगाइएको, घाँटीमा सलजस्तो रातो कपडाले कसेको, दुबै शवको दुबै हात, खुट्टा क्रस गरी डोरीले बाँधी सोही डोरीले घाँटीमासमेत बाँधी डल्लो बनाई जुटको बोराभित्र कोचिएको अवस्थामा फेला परेको थियो।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट