ड्यूटी सकेर फर्किँदा प्रहरी भ्यानबाट खसेका सहायक हवल्दारको मृत्यु

काठमाडौं– काठमाण्डौंमा ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो।

गएराति सवा ११ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो। सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा उनको मृत्यु भएको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।

‘कर्तव्य पालनाको सिलसिलामा गाडीको पछाडिबाट लडेर उहाँको मृत्यु भएको हो तत्काल उद्वार गरेर नजिकै रहेको मिड पोइन्ट अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएको थियो, चिकित्सकहरुले मृत्यु भएको घोषणा गरे।’–उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले भनेका छन्।

एलजीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादव प्रहरी नियन्त्रणमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट