एमाले नेता महेश बस्नेतको प्रेमलिलाः घरवाली हुँदाहुँदै वाहरवालीलाई ५औं तलामा अपार्टमेन्ट

काठमाडौं– केही समय अघि (कात्तिक ०८०) टिकटकमा एउटा भीडीओ चर्चामा आयो। बन्द कोठाको बेडमा खिचिएको उक्त भिडियोमा एक पुरुष र महिला रोमान्टिक मुडमा थिए।

भीडीओमा देखिएका पुरुष एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेत भएको दाबी गरियो। एमाले नेताको ‘रंग लीला’ भन्दै भिडियो सेयर गर्नेहरूको संख्या एकाएक वढ्यो। महिला टिकटक बनाइरहेका बेला महेश बस्नेत दाबी गरिएका पुरुष ओछ्यानमा पल्टेका थिए। उनको अनुहार बस्नेतसँग मिल्दोजुल्दो थियो।

महिलाले सेल्फी स्टाइलमा रेकर्ड गरिरहेको भीडीओको सुरुमा उक्त पुरुष देखिएपनि भीडीओ रेकर्ड भइरहेको थाहा पाएपछि सिरकले अनुहार छोपेको देखिन्छ। भिडियो भाइरल भएपछि बस्नेतले फेसबुकमार्फत केही व्यक्तिहरूको नाम तोकेर आफूलाई बदनाम गराउन एउटा गिरोह निरन्तर लागिरहेको र एआई प्रयोग गरेर एडिट भर्सनबाट फेक भीडीओ बनाइएको दाबी गरे।

उनले मनोज मानव भन्ने युटुवेले धेरै मान्छेको चरित्रहत्या गर्ने शृङखला चलाइरहेको र एडिट भर्सनबाट फेक भिडियो जेनेरेट गरेर आफनो चरित्र हत्या गर्ने हर्कत गरेको आरोप पनि लगाए। यद्यपी, भीडीओमा देखिएका व्यक्ति बस्नेत नै भएकोमा सामाजिक सञ्जाल प्रयोगकर्ता ढुक्क थिए।

स्रोतले त्यसवेला उक्त भीडीओ नेता बस्नेत र युवा संघकै एक नेतृको भएको दावी गर्दै नेपालगन्जमा सम्पन्न युवा संघको नवौँ महाधिवेशनको क्रममा बनाइएको जनाएको थियो। तर, त्यो भीडीओ त्यसै सेलायो।

अहिले आएर महेश बस्नेतसँग सम्बन्धमा रहेको दाबी गर्दै तिनै नेतृले आफु नेकपा एमालेका नेता महेश बस्नेतसँग सम्बन्धमा रहेको सार्वजनिक रूपमा बताएकी छन्। एउटा टेलिभिजन कार्यक्रममा शोभा पाठक नामकी महिलाले आफू पाँच वर्षदेखि अफेयरमा रहेको बताएपछि महेश विवादमा तानिएका हुन्।

किनकि महेश विवाहित हुन्। ती महिलाले पनि आफू विवाहित रहेको बताएकी छिन्। धादिङ घर भएकी शोभाले आफूलाई महेश बस्नेतले नै काठमाडौंको विजुली बजारस्थित एउटा ठुलो भवनको पाँचौ तलामा अपार्टमेन्ट दिएर राखेको खुलासा गरेकी छिन्। अहिले आएर यहाँबाट निकालिएको र घर न घाटको भएको गुनासो उनले गरेकी छिन्।

‘‘महेश बस्नेतले म फ्याटमा आउँछु भनेर फोन गर्नुभयो। मैले ढोका खोलेर राखेको थिएँ। त्यसको तीन मिनेटपछि तीनजना युवा आएर कुटपिट गरी मोबाइलसमेत खोसेर लगे’ उनले भनेकी छिन्। शोभाले मोबाइल चोरीबारे प्रहरीमा उजुरी दिएपछि चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ। यो प्रकरणमा नेता बस्नेतले सार्वजनिक केही बोलेका छैनन्। उनले भनेका छन्, ‘मेराविरूद्द षड्यन्त्र गर्ने धेरै छन्, समय आएपछि सबै कुरा बोल्ने छु।’


प्रतिक्रिया

2 thoughts on “एमाले नेता महेश बस्नेतको प्रेमलिलाः घरवाली हुँदाहुँदै वाहरवालीलाई ५औं तलामा अपार्टमेन्ट

  1. हैन आजभोलि यि आधाबैसे महिला हरु किन बहुलाउँदै छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट