अदालतको आदेश कार्यान्वयन गराउन पनि प्रहरीलाई किन्नु परेपछि, असईसहित २ जना पक्राउ

जनकपुर– महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज २० हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले चौकी इन्चार्ज नेपाल प्रहरीका असई शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई घुस रकमसहित पक्राउ गरेको हो।
उनीहरुले जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन २० हजार रुपैयाँ घुस लिँदै गर्दा आइतबार साँझ साढे ५ बजे दुबैजनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार स्थानीय एक व्यक्तिले ठेक्का लिएको जग्गाको विवादमा अदालतमा छलफल गराइदिने भनी उनीहरुले ३०÷४० हजार रुपैयाँ घुस मागेका थिए।
त्यसपछि सेवाग्राहीले उनीहरु विरुद्ध अख्तियारमा दिएको पूर्वउजुरीको आधारमा पछयाएर २० हजार रुपैयाँ नगदसहित गैरीटोलबाट रंगेहात पक्राउ गरेर दुबैजनामाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।