लफडाकी पर्याय शर्मिला वाइबा ३ सातादेखि हिरासतमाः प्रहरीलाई हैरान, अरुलाई हाईसञ्चो

काठमाडौं– कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट र ब्ल्याकमेल गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबा ३ साताभन्दा लामो समयदेखि प्रहरी हिरासतमा छिन्। उनलाई प्रहरी वृत्त महराजगञ्जको हिरासतमा राखिएको छ।
काठमाडौं जिल्ला अदालतले बिहीबार वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनलाई यसरी म्याद थप्दै प्रहरी हिरासतमा राखिएको यो सातौं पटक हो। वाइबामाथि कुटपिट गर्न नहुने कसुरमा अनुसन्धान भईरहेको छ।
कलाकार खतिवडा र उनकी श्रीमतीसँगको विवादको विषयलाई लिएर खतिवडामाथि कुटपिट गरेको आरोप उनीमाथि छ। आफूमाथि कुटपिट भएको भन्दै खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए।
पवन आफ्नो साथी नविन थापाको घरमा बसिरहेका बेलामा पवनकी पत्नी सुम्निमा र उनकी बहिनी गंगालाई लिएर शर्मीला त्यहाँ पुगेकी थिइन्। प्रहरी पनि लिएर गएका उनीहरुले प्रहरीकै अगाडि खतिवडालाई कुटपिट गरेका थिए। सुरुमा शर्मिलाले नै हात हालेको भिडिओ सामाजिक सञ्जालमा भाईरल भएको थियो।
यो त उदाहरण मात्रै हो। उनी आफनै हर्कतका कारण लफडाको पर्याय बनेकी छिन्। युट्युबरको भेषमा एउटा हातले बुम समातेर अर्को हातले मान्छे कुट्ने काममा उनी खप्पिस छिन्। बालगायक सचिन परियारका बाबु तेजेन्द्र परियार ‘कलौटे’ लाई शर्मिलाले ‘अन्तरवार्ता’ कै क्रममा कुटेकी थिईन।
तर, पछिल्लो पटक पवनको जाहेरीपछि प्रहरीले वाइबालाई १६ फागुनमा सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाण्डौ ल्याएको हो। उनले प्रहरी हिरासतमा समेत उट्पट्याङ गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीको थुनुवाकक्षमा रहेका महिलाहरूलाई उचालेर उनले प्रहरीलाई हैरान बनाउने गरेकी छिन्। बयान दिँदासमेत उनी प्रहरीमाथि जाइलागेकी थिईन। त्यसैले उनलाई महिला प्रहरीको विशेष निगरानीमा राखिएको छ।
आफुलाई सामाजिक अभियान्ता बताउने वाईबामाथी सामाजिक सञ्जाल युट्युबमार्फत विभिन्न व्यक्तिहरूको चरित्र हत्या हुने अभिव्यक्ति दिँदै आएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमासमेत उजुरी छ। यतिमात्रै होईन, थुप्रै चर्चित व्यक्तिहरूलाई हनी ट्रयापमा पारेर ब्ल्याकमेलिङ गर्दै आएको आरोप पनि उनीमाथि लाग्ने गरेको छ।
शर्मिला, सामाजिक सञ्जालमा भाइरल हुन अनेक उट्पट्याङ गर्छिन। प्रहरी हिरासत उनका लागि नौलो ठाउँ होईन। पल शाह प्रकरणमा पीडित भनिएकी किशोरी र उनको समर्थनमा उभिएकी अभिनेत्री रेखा थापासमेतलाई गालिगलौज गरेका कारण पनि उनी पक्राउ परेकी थिइन्।
शर्मिलाले पत्रकार ऋषि धमलालाई समेत थर्कमान बनाएर राखेकी छिन्। उनले धमलासँग आफ्नो नाम जोडेर ‘अन्तरङ्ग सम्बन्धका प्रमाणहरू सार्वजनिक गर्ने’ धम्की दिएकी थिईन। शर्मीलाकै कारण धमला ‘काजु’ का नामले चर्चामा आए। यही विवादका बीचमा विष सेवन गरेको भन्दै वीर अस्पताल भर्ना भईन। तर, परिक्षण गर्दा विषको मात्र भेटिएन। अहिले भने उनी लामै समय हिरात वस्नु परेको छ।
उनीमाथिको आरोप अदालतमा प्रमाणित भए अधिकतम तीन वर्षसम्म कैद बस्नु पर्ने र ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।
र, यो पनि