‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा सर्मिला वाईबा पक्राउ
काठमाडौँ– कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा स्वघोषित सामाजिक अभियन्ता शर्मिला वाइबा पक्राउ परेकी छिन्।
काठमाडौं प्रहरीको अनुरोधमा सिन्धुपाल्चोक प्रहरीले उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो। वाईबाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो।
केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरमा गएर उनीमाथि कुटपिट गरेको आरोप छ। उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
जेन–जी आन्दोलनमा वितण्डा मच्चाउने समूहका ‘कमाण्डर’ पूर्व सैनिक पक्राउ, सुरक्षा निकायको अनुशासनमा प्रश्न
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
