फेसवुके प्रेममा पर्दा सुमनाको ज्यान गयो, अर्कै केटासँग नजिकिएपछि प्रेमीले नै गरे हत्या

धरान– सुनसरीको धरान– १६ की २१ वर्षीया किशोरी सुमना श्रेष्ठको हत्या उनकै प्रेमी स्थानीय सबिन भन्ने बाबुराम भुजेलले गरेको खुलेको छ। सविनलाई प्रहरीले धनकुटाको धनकुटा नगरपालिका–९, मुलघाटबाट विहिबार नै पक्राउ गरेर धरान ल्याएको छ।

धरान उपमहानगरपालिका–१८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचमा रहेको एकान्त खोल्सामा बुधबार दिउँसो सुमनाको शव फेला परेको थियो। घाँटी काटिएको अवस्थामा सुमना मृत फेला परेकी थिईन भने घट्नास्थलबाट केही पर खुकुरी समेत बरामद भएको थियो।

प्रहरीको अनुशन्धान अनुसार सबिन र मृतक सुमनाबी २ बर्ष अघि फेसबुकमार्फत चिनजान भएको हो। यही चिनजान पछि प्रेम सम्बन्धमा बदलियो। धरानकै एक कलेजमा कक्षा १२ मा पढ्दै गरेकी सुमनाले पुषदेखि धरानमै रहेको ग्लोबल ओरियन्समा काम गर्न थालेकी थिईन।

योबीचमा उनी त्यहीँ काम गर्ने प्रदिप श्रेष्ठसँग नजिक भएको खुलेको छ। सम्वन्ध झांगिदै गएपछि उनीहरु एउटै फेसबुक आईडी चलाउनेसम्मको अवस्थामा पुगेका थिए। उनीहरुको सम्वन्धका बारेमा सविनले थाहा पाएपछि दुई जनाबीच खटपट सुरु भएको थियो।

प्रहरीका अनुसार २ चैतमा सविन काम गर्नका लागि भन्दै धनकुटाको मुलघाटमा गएका थिए। उनी त्यता लागेपछि सुमनासँगको सम्वन्धमा झन दरार आयो। त्यसपछि उनी ६ चैतमा सुमनालाई भेट्न धरान आए। दुवैको भेट भएपछि स्कुटर चलाउन सिकाउने वहानामा उनले सुमनालाई लिएर घट्नास्थलतर्फ गएको खुलेको छ।

घटनास्थलमा पुगेपछि सविन र सुमनाबीच फेसबुककै विषयमा विवाद भयो। त्यसपछि सविनले आफुले बोकेको खुकुरी निकाली सुमनाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनले सुमनाले प्रयोग गर्ने मोवाइल फुटाएर आफै बोके भने सिम खोलामा बगाई दिए। अनि शव खोल्सामा फालेर राती नै भागेको उनले प्रहरीलाई बताएका छन्।

प्रहरीले उनको साथबाट फुटाएको मोवाइल समेत बरामद गरेको छ। उनलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद लिएर घट्नाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नविनकृष्ण भण्डारीले बताए।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट