सुमनाको हत्यामा संलग्न युवक धनकुटाबाट पक्राउ, प्रेममा धोका पाएपछि हत्या गरेको बयान

धरान– सुनसरीको धरान उपमहानगरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा मृत अवस्थामा फेला परेकी युवतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

धरान–१६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमनाको हत्या आरोपमा प्रहरीले बिहिबार भुजेल थरका एक युवकलाई धनकुटाबाट पक्राउ गरेको हो। ती युवकले सुमनाको हत्या आफुले गरेको प्रहरी समक्ष स्विकारेका छन्। सुमनाबाट प्रेममा धोका पाएपछि हत्या गर्नुपरेको बयान दिएको अनुशन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए।

बीपी प्रतिष्ठान र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरिएको अवस्थामा सुमनाको शव फेला परेको थियो। दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा उनको शव देखेकी थिइन्।

सडक छेउको खोल्सामा घोप्टो परेको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खवर गरिएको थियो। प्रहरीले घट्नास्थलबाट केही पर खुकुरी पनि बरामद गरेको थियो। सुमना मङ्गलबार ५ बजेतिर ‘साथीको फोन आएको छ, पैसा लिन जानुछ’ भन्दै घरबाट हिँडेको पाईएको छ। त्यसैले मंगलबार नै उनको हत्या भएको प्रहरीको अनुमान छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिवार शवको पोष्टमार्टम गरी सुमनाको अन्त्यष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। उनी धरानकै एक कलेजमा कक्षा–१२ मा अध्ययनरत थिइन्।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट