घुस खानेमा महिला कर्मचारी पनि पोख्त, पोखरामा दुई इन्जिनियर पक्राउ

पोखरा– घुस प्रकरणमा महिला कर्मचारी पनि पोख्त हुन थालेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सव–इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेपछि महिला कर्मचारी पनि कम छैनन् भन्ने पुष्टि भएको हो।
घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित कुँवरलाई पोखरा–५ र रोकायालाई पोखरा ८ बाट बुधबार राति अख्तियारको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया