स्वास्थ्य मन्त्रालयमा खेताला मन्त्रीः बुबाको नाममा अमरेन्द्रले चलाउँछन मन्त्रालय, उपेन्द्रको उपस्थिती नै न्यून

काठमाडौं– केही समय अघिसम्म नेपालमा खेताला शिक्षकको निकै चर्चा थियो। अहिले यही रोग मन्त्रीमा सरेको छ। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खेताला मन्त्रीले चलाउने गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको लिष्टमा स्वास्थ्य तथा जनसंख्या मन्त्री जनता जमाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन्। तर, मन्त्रालयमा उनको उपस्थिती भने एकदमै न्युन छ।

मन्त्रीले गर्ने काम उनका छोरा अमरेन्द्र यादवले गर्ने गरेका छन्। उपेन्द्रको अनुपस्थितिमा वैठक समेत अमरेन्द्रले नै सञ्चालन गर्ने गरेको कर्मचारीहरू बताउँछन्। त्यति मात्र होइन, मन्त्रालयमा स्वास्थ्य क्षेत्रका उपकरणहरू आपूर्ति गर्ने ठेकेदारको बढीजसो मिटिङ पनि उपेन्द्रभन्दा अमरेन्द्रले नै आयोजना गर्ने गरेका छन्।

अमरेन्द्र उपेन्द्रका सह–स्वकीय सचिव हुन। सह–सचिव स्तरीय सुविधा दिने गरी उनलाई नियुक्त गरिएको छ। मन्त्री यादवले आफ्ना छोरा अमरेन्द्रबाहेक महेश चौरसियालाई उपसचिवसरह सुविधा दिनेगरी उपस्वकीय सचिव, पार्टीका कार्यकर्ता लाक्पा शेर्पालाई शाखा अधिकृतसरह सुविधासहित स्वकीय अधिकृतको रूपमा नियुक्त गरेका छन्।

अर्कातर्फ छोरा अमरेन्द्र र स्वकीय उपसचिव महेशले मिलेर विभिन्न किसिमको सेटिङ गरिरहेको चर्चा कर्मचारीहरूबीच हुने गरेको छ । स्वास्थ्य सामग्री आपूर्ति गर्ने ठेकदारहरूसँग अमरेन्द्र र महेशको नियमित भेटघाट तथा छलफलका कारण मन्त्रालयका कर्मचारीहरू सेटिङको आशंका गर्छन् ।

यता अमरेन्द्र यादवले भने आफ्नो नियुक्ति नै एघारौं तह (सह–सचिव)को भएकाले सबै हेर्नु स्वाभाविक भएको बताए। ‘मेरो नियुक्ति नै एघारौं तहको सह–सचिवस्तरको हो । स्वास्थ्य क्षेत्रमा मेरो आफ्नै १७ वर्षको अनुभव छ । मेरो भागमा योजना परेकाले योजनाका सबै कुरा हेर्नु स्वाभाविक नै हो,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट