सुनौली नाकामा एयरटेलको अप्टिकल फाइबर लिकेज हुँदा वर्ल्डलिंकको इन्टरनेटमा समस्या

काठमाण्डौं– वर्ल्डलिङ्क इन्टरनेट सेवाप्रदायक कम्पनीको सेवा प्रभावित भएको छ। विहिबारदेखि नै इन्टरनेटमा समस्या देखिएपछि ग्राहकहरु समस्यामा छन्।

ग्राहकले इन्टरनेट नचल्ने तथा स्लो हुने समस्या भोगिरहेका छन्। वर्ल्डलिङ्कले अपस्ट्रिम नेटवर्कमा समस्या देखिएको भन्दै सूचना निकालेको छ।

एक नेटवर्क सेवाप्रदायकका प्रतिनिधिले सुनौलीमा भारतीय अपस्ट्रिम सेवाप्रदायक भारतीय एयरटेलको अप्टिकल फाइबरमा चुहावट हुँदा सेवा प्रभावित भएको जानकारी दिए।

‘एयरटेलको अप्टिकल फाइबर सुनौली नाकामा लिकेज हुँदा सेवा प्रभावित भएको छ,’ उनले भने, ‘अन्य नाकाबाट भित्रिने ब्यान्डविथमा समस्या छैन। अहिले मर्मतको काम भइरहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट