आँप टिप्न हिडेका मानिस चढेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

राजविराज– आँप टिप्न समुहमै हिडेका मानिसहरु चढेको ट्याक्टर दुर्घट्ना हुँदा शनिवार राती सप्तरीमा २ जनाको मृत्यु भएको छ। २२ जना घाईते भएका छन्।

तिरहुत गाउँपालिका स्थित लोहजरा दहबाट कञ्चनपुरतर्फ जाँदै गरेको स१त ६२९५ नम्बरको ट्रयाक्टर शनिवार राती करिव साढे ७ वजे कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक दुर्घटना भएको हो।

दुर्घटनामा २ जनाको घट्नास्थलमै मृत्यु भएको छ। दुवैको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय कन्चपुरका डीएसपी महेन्द्र नेपालले जानकारी दिए। दुर्घटनामा ट्याक्टरमा सवार अन्य सवै २२ जना घाइते छन।

घाइतेहरूको कञ्चनरूप नगरपालिका स्थित धर्मेश्वर हस्पिटलमा उपचार भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट