पारिवारिक तनावमा आफैलाई आगो लगाएर आत्महत्या

विराटनगर– मोरङको विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतले आफैलाई आगो लगाएर आत्महत्या गरेका छन्।

विराटनगर–७ हरियाली टोलमा मंगलबार साँझ पौने ८ बजे पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका उनको विहिवार दिउँसो १ बजेतिर मृत्यु भएको हो।

गम्भीर घाइते भएका कामतलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार आगोले कामतको शरीरको ७० प्रतिशत भाग जलेको थियो।

कामतले आफैंलाई आगो लगाउनुको कारण खुल्न बाँकी छ। उनी केही समयदेखि पारिवारिक तनावमा रहेको जानकारी प्राप्त भएको र थप अनुशन्धान जारी रहेको डीएसपी बस्नेतले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट