विषालु च्याउ खाँदा धनकुटामा एकै परिवारका ७ जना विरामी

विराटनगर– धनकुटामा विषालु जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी परेका छन्।
च्याउ खाएर सहिदभूमि गाउँपालिका–७, गैरीटोलका ६३ वर्षीया इन्द्रकमला राई, ५५ वर्षीया दिलमाया राई, ३६ वर्षीया टेकमाया राई, ३९ वर्षीया मदनकुमारी राई, ४१ वर्षीय थमनसिं राई, १८ वर्षीय हेमन राई र १९ वर्षीया यमुना राई विरामी परेका हुन।
बिरामी सबैलाई बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। उनीहरुले बुधबार जंगली च्याउ खाएपछि राति नै वान्ता हुन थालेको थियो। अहिले उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।
प्रतिक्रिया