श्रीमतीको हत्या गरेर काठमाडौँमै लुकेर वसेका तामाङ ४ महिनापछि पक्राउ

काठमाडौँ– नुवाकोटमा श्रीमतीको हत्या गरेर फरार भएका एक जनालाई प्रहरीले ४ महिनापछि पक्राउ गरेको छ।

दुप्तेश्रर गाउँपालिका–७ घर भई काठमाडौं दक्षिणकाली नगरपालिका–६ बस्ने काले तामाङ (जितबहादुर) लाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुर नगरपालिका–१० छालिङबाट पक्राउ गरेको हो।

१९ वैशाखमा श्रीमती ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेर उनी फरार भएका थिए। डोल्माको मृत अवस्थामा फेला परेपछि अनुसन्धानका क्रममा तामङले कुटपिट गरी मारेको खुलेको थिए।

अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले भने– ‘श्रीमतीको हत्या भएकै दिनदेखि तामाङ फरार थिए, लुकीछिपी काडमाडौंमा बस्दै रहेछन्। त्यो सूचना प्राप्त भएपछि पक्राउ गरिएको हो।’

तामाङलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट