राजविराजमा अस्पतालका कर्मचारी खेलकुद विकास समितिको कार्यालय परिसरमा मृत भेटिए
राजविराज– सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका एक जना कर्मचारी घाँटीमा डोरीले कसेर झ्यालमा बाँधेको अवस्थामा मृत फेला परेका छन्।
अस्पतालको टिकट काउन्टरमा कार्यरत छिन्नमस्ता गाउँपालिका निवासी ४५ वर्षीय सुधीरकुमार झा स्थानीय जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा मृत फेला परेका हुन।
मृतक झाका दुवै खुट्टाले भुईं टेकेको छ भने घुँडाले समेत भुई छुन लागेको देखिन्छ। उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ। प्रत्यक्षदर्शीले कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान गरेका छन्।
आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

