विराटनगरमा भारतीय ट्रकले ३ जना सवार मोटरसाईकललाई ठक्कर दिँदा चालकको मृत्यु
विराटनगर— विराटनगरमा कोईला बोकेको भारतीय ट्रकको ठक्करबाट मोटरसाईकल चालक युवाको मृत्यु भएको छ।
जेएच १५ जे ७१०३ नम्बरको ट्रकले ३ जना सवार प्रदेश नम्बर १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ विराटनगर–१४, आईसीपी रोडमा ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने त्यसमा सवार दुईजना घाइते भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–१५ का १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको हो। उनलाई गम्भिर घाईते अवस्थामा उपचारका लागि कोशी अस्पताल लगिएको थियो। त्यसै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते १६ वर्षीय आदित्य साह र १८ वर्षीय विकासकुमार यादवको अवस्था सामान्य छ। दुर्घटनापछि कोइला बोकेको ट्रक सडक किनारमा पल्टिएको छ। ट्रक चालक फरार भएका छन्।
प्रतिक्रिया

