सप्तरीमा दुई जना फरार प्रतिवादी पक्राउ, अदालतमा पेश

राजविराज – फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत खटिएको टोलीले फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।

इन्स्पेक्टर उदयकुमार राईका अनुसार, पक्राउ परेकामध्ये तिलाठी कोईलाडी गाउँपालिका–०२ का महाविर मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका–७ की गुडिया देवी छन्।

मण्डल ‘नागरिकता सम्बन्धी’ मुद्दामा अदालतबाट १ वर्ष ५ महिना ३ दिन कैद सजाय तोकिएपछि र गुडिया ‘लेनदेन’ मुद्दामा १ महिनाको कैद सजाय तोकिएपछि फरार थिए। फरार थिए। उनीहरुलाई जेठ २६ गते पक्राउ गरिएको हो।

दुवैलाई सप्तरी जिल्ला अदालत, राजविराजमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट