सिरहामा घरबाट ब्राउन सुगरको कारोवार, लागू औषध र लाखौँ नगदसहित दुई जना पक्राउ

सिरहा — सिरहा प्रहरीले १२४ ग्राम ब्राउन सुगर र झण्डै तीन लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

लहान नगरपालिका–११, पडरिया टोलस्थित एक घरमा छापा मारी स्थानीय २८ वर्षीय मिथलेशकुमार चौधरी र करिब २४ वर्षीय राजनन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई बिहिबार अपराह्न मिथलेशको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार, उक्त घरबाट लागूऔषधको कारोबार हुँदै आएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानको टोलीले छापा मारेको थियो। त्यसक्रममा १२४.६२ ग्राम ब्राउन सुगर, २ लाख ८६ हजार ७ सय १० नेपाली रुपैयाँ र १ हजार २ सय ५० भारतीय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी प्रहरीले एक थान डिजिटल तराजु, एक थान कैँची, दुई थान मोबाइल, सुनको तिलहरी र नेकलेस समेत बरामद गरेको छ।

सिरहा प्रहरीका डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट