रोजगारीका लागि साथीसँग दिल्ली जाँदै गरेका धरानका सनम राईको रेलबाट खसेर मृत्यु

इटहरी — साथीसँग रोजगारीका लागि भारतको नयाँ दिल्ली जाँदै गरेका सुनसरीको धरान उपमहानगरपालिका–१७ का एक युवकको रेलबाट खसेर मृत्यु भएको छ।

बिहीबार बिहान रेलबाट खसेर गम्भीर घाइते भएका २४ वर्षीय सनम राईको उपचारका क्रममा पटनास्थित एक अस्पतालमा शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो।

परिवारले दिएको जानकारी अनुसार राई गत बुधबार छिमेकी दीपक राईसँगै रोजगारीका लागि दिल्लीतर्फ गएका थिए। तर दुर्घटनाको समयमा दीपक साथमा थिएनन् र उनको मोबाइलसमेत बन्द अवस्थामा रहेको परिवारको भनाइ छ।

उनीहरुका अनुसार सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिर र नागरिकताको आधारमा सनमको मृत्यु बारे जानकारी भएको हो। उनको शव पोस्टमार्टमपछि नेपाल ल्याउने तयारी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट