दुई पटक गरी ७ वर्ष जेल बसेका लागुऔषध कारोबारी फेरि पक्राउ, प्रहरीले दाग्यो खुट्टामा गोली

राजधानी – धनुषामा बुधबार प्रहरीले गोली चलाएर २ जना लागुऔषध कारोबारीलाई पक्राउ गर्यो। ती मध्ये एक जना भने दुई पटक गरी ७ वर्ष जेल बसेर छुटेपछि पुनः सोही धन्दामा संलग्न भएका व्यक्ति भएको खुलेको छ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले बुधबार दिउँसो धनुषाको मिथिला नगरपालिका–२ बाट मिथिला नगरपालिका–६ ढल्केबर घर भएका ४८ वर्षीय पप्पु साह र बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमालकी २७ वर्षीया सेलोदेवी रामलाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार, सुराकीको आधारमा उनीहरू खैरो हेरोइन बिक्री गर्दै गरेको जानकारी आएको थियो। पक्राउ गर्ने क्रममा ब्युरोको टोलीले एक राउन्ड हवाई फायर गर्यो भने अर्को गोली पप्पुको दाहिने खुट्टामा लागेको थियो। टोलीले पक्राउ गर्ने प्रयास गर्दा उनीहरूले प्रहरीमाथि आक्रमण गर्ने प्रयास पनि गरेका थिए।

ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार पप्पु साह यसअघि दुई पटक कारागार चलान भइसकेका व्यक्ति हुन्। पहिलो पटक २०६१ सालमा उनलाई लागुऔषध मुद्दामा पाँच वर्ष जेल भइसकेको थियो। त्यसपछि २०७९ सालमा पनि उनी लागुऔषधको मुद्दामा पक्राउ परी दुई वर्ष कैद बसेर करिब नौ महिना अघि मात्र जेलबाट छुटेका थिए।

पक्राउ परेका पप्पु र सेलोदेवीको साथबाट क्रमशः १०८ ग्राम र १०० ग्राम खैरो हेरोइन र तौल गर्न प्रयोग हुने डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ। ब्युरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सन्जेलको टोली परिचालित थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट