मकवानपुरमा किरियापुत्री बसको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, सात घाइते

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङ स्थित किरिया बसेको पालबहादुर घलानको घरमा घरमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ। अन्य सात जना घाइते भएका छन्।
मकवानपुर प्रहरीका अनुसार किरियामा सघाउन आएका छिमेकी दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
घट्नामा १२ वर्षका वर्षा घलान र सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान तथा चितवनको राप्ती नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान घाईते भएका छन्।
उनीहरूलाई उपचारका लागि मनहरी अस्पताल, मकवानपुर पठाइएको छ। प्रहरीका अनुसार, घटना सोमबार दिउँसो करिब साढे ४ बजेको हो।
प्रतिक्रिया