अफगानिस्तानमा ६.० म्याग्निच्युडको भूकम्पः २० भन्दा बढीको मृत्यु, सयौँ घाइते

काबुल/इस्लामाबाद — अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ११ः४७ बजे ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा २० जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रबिन्दु नांगरहार प्रान्तको जलालाबाद सहरबाट १७ किलोमिटर उत्तर–पूर्वतिर र गहिराइ ८ किलोमिटर मुनि थियो।

भूकम्पपछि ४.५ देखि ५.२ म्याग्निच्युडसम्मका कम्तीमा तीन पराकम्प अनुभव गरिएको छ। धक्का अफगानिस्तानको राजधानी काबुल (झन्डै २०० किलोमिटर टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (४०० किलोमिटर टाढा) सम्म महसुस भएको थियो।

समाचार एजेन्सी एएफपी र बीबीसीका अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ। प्रभावित क्षेत्रमा घरहरू भूकम्प प्रतिरोधी नभएकाले क्षति गम्भीर भएको अधिकारीहरूले बताएका छन्। भूकम्पसँगै आएको बाढी र पहिरोका कारण कुनार र नांगरहार प्रान्तका सडकहरू अवरुद्ध भएका छन्, जसले गर्दा उद्धार कार्यलाई थप चुनौती बनेको छ।

तालिबान सरकारले राहत तथा उद्धार अभियानका लागि अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहयोगको अपील गरेको छ। सीमित स्रोत भएको भन्दै तालिबान अधिकारीहरूले हेलिकप्टरसहितको आपत्कालीन सहयोग तुरुन्तै आवश्यक रहेको बताएका छन्।

नांगरहार र कुनार प्रान्तका अस्पतालहरूमा घाइतेको उपचार भइरहेको छ भने उद्धार टोलीलाई प्रभावित दुर्गम गाउँहरूमा पुर्याउन मुख्यतया हवाईमार्ग नै एक मात्र विकल्प देखिएको छ।

अफगानिस्तानमा पछिल्ला वर्षहरूमा पटक–पटक गएको भूकम्पले ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ। यस पटक पनि मृत्यु र क्षतिको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट